नेपाली काँग्रेस कास्कीद्वारा प्रचारप्रसार समिति गठन

नेपाली काँग्रेस कास्कीद्वारा प्रचारप्रसार समिति गठन


नेपाली काँग्रेस कास्कीले कार्यवाहक सभापति सुदीपमोहन भट्टराईको संयोजकत्वमा १५ हजार ५५५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।

पार्टीको आज सम्पन्न बैठकद्वारा गठित प्रचारप्रसार समितिमा महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका सदस्य, शुुभेच्छुक र भ्रातृ संघसंस्थाका प्रतिनिधि रहेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

बैठकले काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, समानुपातिक उम्मेदवार आनन्दराज मुल्मी, जिल्ला पदाधिकारी सहितको निर्देशन समिति गठन गरेको छ ।

त्यस्तै, जिल्ला सदस्यहरू नवीन सिग्देल, सुनयना पालिखे र विष्णुबहादुर क्षेत्री रहेको मिडिया सेण्टर सञ्चालन समिति पनि गठन गरेको छ ।

बैठकले सम्बन्धित क्षेत्रको जिल्ला सदस्य, क्षेत्रीय कार्यसमिति र क्षेत्रीय निर्वाचन प्रचार समितिको सहभागितामा अनुगमन समिति गठन गरेको छ भने भ्रातृ र शुभेच्छुक संस्थाबीच निरन्तर छलफल जारी राख्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।

राससका अनुसार पार्टीका जिल्ला कार्यवाहक सभापति सुदीपमोहन भट्टराईको अध्यक्षतामा बैठक बसेको थियो ।