मनोहरा खोला नजिकै रोकिराखेको ट्याक्सीभित्र शव

मनोहरा खोला नजिकै रोकिराखेको ट्याक्सीभित्र शव


भक्तपुर मनोहरा खोला नजिकैको दिब्यश्वरी प्लानिङको खाली जग्गामा रोकिराखेको ट्याक्सीमा शव फेला परेको छ ।

रातो ज्याकेट लगाएका व्यक्ति बा १ ज १०४० नम्बरको ट्याक्सीभित्र मृत अवस्थामा फेला परेका हुन् ।

मध्यपुर ठिमी प्रहरीका अनुसार मृतकको टाउकोमा चोट लागेको छ ।

प्रहरीले कसैले हत्या गरेको हुनसक्ने आशंका गरेको छ ।

परिचय नखुलेका ति ब्यक्ति घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।