तालिम सञ्चालन गर्न एनबीआई र ग्लोबलबीच सम्झौता

तालिम सञ्चालन गर्न एनबीआई र ग्लोबलबीच सम्झौता


नेशनल बैंकिङ इन्ष्टिच्युट लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच तालिम कार्यक्रम संचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एन.बी.आई ले ग्लोबल आइएमई बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ भने ग्लोबल आइएमई बैंकले नेशनल बैंकिङ इन्ष्टिच्युटबाट ६१ लाख बराबर रकम आफ्नो कर्मचारीका लागि वार्षिक तालिम संचालन गराउने छ ।

सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाबीच हस्ताक्षर भएको हो ।