बैंकको नाफा लाग्यो ओरालो

बैंकको नाफा लाग्यो ओरालो


कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, बिओकेको नाफा खस्किएको छ । चालू आवको पहिलो त्रैमासको अवधिमा यी बैंकहरुले सोचेअनुरुपको नाफा कमाउन नसकेका हुन् ।

चालु आव ०७४/७५ को पहिलो त्रैमाशमा प्रभु बैंकको नाफा ११ प्रतिशतले घटेको छ । बैंकको नाफा २५ करोड पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा २८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा भने १८ प्रतिशतले वृद्धि भएको छ । यो २३ करोड रहेको छ । बैंकको खुद व्याज आम्दानी भने ९ प्रतिशतले बढेको छ । यो रकम ५१ करोड रुपैयाँ रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट २५ करोड आर्जन गरेको छ । यो रकम ३१ प्रतिशतले बढेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ११ करोड रुपैयाँ राखेको छ भने १३ करोड फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात ४.२३ प्रतिशत रहको छ । करिब ८९ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको करिब २७ प्रतिशतले निक्षेप बढेर ८२ अर्ब रहेको छ । कर्जा २९ प्रतिशतले वृद्धि भएर ६६ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८० प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७५ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको कुल कर्जा लगानीमा ४३ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २८ अर्ब ९६ करोड लगानी भएको छ ।

बैंकको सेयरमा प्रतिफल १७ प्रतिशतबाट बढेर ११ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी स्थिर रहेपनि सेयरमा प्रतिफल घटेको छ । बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड पुगेको छ भने सञ्चिती २ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १७.०५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ४७ रुपैयाँ रहेको छ ।

यो अवधिमा कृषि विकास बैंकले ६ करोड नाफा घटाई साउन, भदौ र असोज महिनामा ३६ करोड ३९ लाख नाफा कमाएको छ । सो बैंकले गत वर्षको यसै अवधिमा ४२ करोड २३ लाख कमाएको थियो ।

बैंकको व्याजवापत खर्च बढ्दा नाफामा असर परेको छ । सरकारको अग्राधिकार सेयर रहेको बैंकको नाफा खस्किँदा प्रतिसेयर आम्दानी पनि घटेको छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा हुन आएको छ ।
जवकि गत वर्ष २६ रुपैयाँ ३७ पैसा थियो ।

प्रतिसेयर आम्दानी सरकारलाई अग्राधिकार सेयरवापत दिइने ६ प्रतिशत नगद लाभांश छुट्याइएपछिको हो । अग्राधिकार सेयरवापत ६ प्रतिशत लाभांश सरकारले लिँदै आएको छ ।

बैंकको निश्क्रिय कर्जा ३. ५४ प्रतिशत छ । जगेडा कोष ७ अर्ब ८ करोड रुपैयाँको छ । अग्राधिकारबाहेक बैंकको चुक्ता पुँजी ७ अर्ब ८ करोड छ । बैंकले यो पुँजी ८ अर्ब पुर्याउनका लागि २० प्रतिशत बोनस दिने लक्ष्य लिएको छ ।

त्यस्तै, चालु आव ०७४/७५ को पहिलो त्रैमाशमा माछापुच्छे्र बैंकको नाफा करिब १३ प्रतिशतले बढेको छ । बैंकको नाफा २८ करोड रुपैयाँ पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा २४ करोड नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा २० प्रतिशतले बढेर ४० करोड रुपैया भएको छ । बैंकको खुद व्याज आम्दानी १४ प्रतिशतले बढेको छ । यो रकम ६१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट १४ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा ३ प्रतिशतले गिरावट आएको हो । यसले यो बैंकको नाफा सुस्त गतीमा भैइरहेको देखाउछ ।

यो अवधिमा बैंकको निक्षेप करिब ४ प्रतिशतले बढेर ६० अर्ब पुगेको छ । कर्जा ९.११ प्रतिशतले वृद्धि भएर ५४ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ९० प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७९.५३ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको कुल कर्जा लगानीमा करिब ३७ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा १९ अर्ब रुपैयाँ लगानी भएको छ । बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ८ करोड रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात ०.४५ प्रतिशत रहको छ । करिब ३०१ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको सेयरमा प्रतिफल करिब १८ प्रतिशतबाट घटेर १२ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब साढे ३ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड पुगेको छ भने सञ्चिती १ अर्ब २२ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.३५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.९३ गुणा र प्रतिसेयर नेटवर्थ १ सय १५ रुपैयाँ रहेको छ ।

यस्तै, बैंक अफ काठमाण्डु गत आवको बैंकले पहिलो त्रैमाशमा २७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस आवको पहिलो त्रैमासिकको अवधिमा बैंकको सञ्चालन नाफा पनि २५ प्रतिशतले घटेर २९ करोड रुपैयाँमा सिमित भएको छ ।

बैंकको खुद व्याज आम्दानी पनि ८ प्रतिशतले घटेको छ । यो रकम ५७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट १८ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा खसै परिर्वतन देखिदैन् ।

बैंकको निक्षेप ६९ अर्बमा स्थिर रहेको छ । कर्जा १.४ प्रतिशतले वृद्धि भएर ६२ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ९० प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७७.३९ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको कुल कर्जा लगानीमा ५६ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा ३५ अर्ब रुपैयाँ लगानी भएको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा १३ करोड रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात १.१२ बाट बढेर २.०८ प्रतिशत रहको छ । करिब १८० प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको सेयरमा प्रतिफल १२ प्रतिशतबाट घटेर ९ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब १ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ५ अर्ब ६२ करोड पुगेको छ भने सञ्चिती ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १५.९२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.८३ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ६२ रुपैयाँ रहेको छ । यसरी नाम चलेका बैकहरुको नाफा ओरालो लाग्दै गएको छ ।-विजय दमासे