ग्लोबल आइएमईले शेयरधनीलाई २० प्रतिशत बनस दिने

ग्लोबल आइएमईले शेयरधनीलाई २० प्रतिशत बनस दिने


ग्लोबल आइएमई बंैकको एघारौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आ.व. ०७३/७४ को वितरणयोग्य मुनाफा तथा सञ्चित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश (१० प्रतिशत बोनस र १० प्रतिशत नगद) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेपछि बैंकको चुक्ता पूँजी रु. ८ अर्ब ८८ करोड पुगेको सो बैंकले जनाएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आएको छ ।

०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखारहित बैंकिङ सेवा रहेका छन् ।

त्यस्तै ग्लोबल आइएमई बंैकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ भने संयुक्त अधिराज्य लण्डनमा समेत प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरिसकेकोले छिट्टै कारोबार शुभारम्भ गर्न लागेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।