ज्योति विकास बैंक तारकेश्वर नगरपालिकाकै पहिलो बैंक

ज्योति विकास बैंक तारकेश्वर नगरपालिकाकै पहिलो बैंक


ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा सोमबारदेखि काठमाडौंको तारकेश्वर नगरपालिका–११, नेपालटारमा नयाँ शाखा कार्यालय स्थापना गरी सोमबारदेखि औपचारिक रूपमा संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा र विकास बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गर्नृुभएको थियो । तारकेश्वर नगरपालिकाभित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकको यो नेपालटार शाखाले आफ्नो कारोबार सञ्चालनमा ल्याएको हो । केही समयभित्रै ज्योति विकास बैंकले मकवानपुर जिल्लाको ग्रामिण भेक बागमती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार र महोत्तरी जिल्लाको रामगोपालपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको थियो ।

आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामिण भेक र वित्तीय पहुँच नपुगेका स्थानहरूमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिँदै आएको कुरा कार्यक्रममा जानकारी गराइयो । उक्त कार्यक्रममा तारकेश्वर नगरपालिका ११ नं. वडाका वडाअध्यक्ष बृन्दा बुढाथोकी लगायत वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा सञ्चालनमा आएको यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएममार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधासहित एविविएस, आश्वालगायतका सम्पुर्ण आधुनिक बैकिङ सेवाहरू ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत सञ्चालन गरी बैंकिङ सुविधा उपलव्ध गराउने छ ।

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्ने बताइएको छ ।