अर्घाखाँचीमा काँग्रेसको पक्षमा समर्थन बढ्दै गएको छ । आजै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीले नेपाली काँग्रेसलाई समर्थन गर्ने सहमति गरेको छ।
काँग्रेसका कार्यवाहक सभापती शान्ता भण्डारी र राप्रपाका जिल्ला अध्यक्ष दिपक कुवँरबीच भएको सहमतीको विषयमा आज सदमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरिएको थियो ।
पत्रकार सम्मेलनमा राप्रपाबाट प्रदेश सभामा उम्मेदवारी रहेका दिपक कुवँर र अम्मर थापाले आफ्नो उम्मेदवारी फिर्ता लिई काँग्रेसका उम्मेदवार विष्णु मुस्कान र हिम्मत टण्डनलाई सघाउँने जानकारी गराइएको छ ।
राप्रपाका नेता तथा कार्यकर्ताले इमान्दारीताका साथ काँग्रेसलाई मतदान गर्नुपर्ने र आजैका दिनदेखी संयुक्त प्रचारप्रसारमा लाग्ने समझदारी बनेको पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा उल्लेख छ ।-रेशम पोखरेल

प्रतिक्रिया