व्यवसायिक साझेदारलाई आइएमईले गरायो राराको भ्रमण

व्यवसायिक साझेदारलाई आइएमईले गरायो राराको भ्रमण


६ मङ्गसिर २०७४, काठमाडौं । आफ्ना दश जना उत्कृष्ट व्यवसायिक साझेदारहरूलाई आइएमईले सुदुरपश्चिमस्थित मुगुस्थित रारा तालको भ्रमण गराएको छ । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३÷७४ मा दिइएको व्यवसायिक साझेदारमुखी ब्यापार प्रवद्र्घनात्मक कार्यक्रमअन्तर्गत उत्कृष्ट दश व्यवसायिक साझेदारहरूलाई छनोट गरिएको थियो ।

मुलुकको आन्तरिक पर्यटनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ आफ्नै देशभित्रको गन्तब्य निर्धारण गरी भ्रमण गराइएको आइएमईले जनाएको छ । भ्रमण टोलीको नेतृत्व आइएमईका अधिकृतद्वय इश्वर अधिकारी र रमेश बुढाथोकीले गरेका थिए ।

स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व उक्त कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।