नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाम गठबन्धनको दुई तिहाई बहुमत प्राप्त हुने ठोकुवा गरेका छन् । नेता नेपालले मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको बाम गठबन्धनले दुईतिहाई भन्दा बढी सिट जित्ने दावी गरेका हुन् ।
सिरहाको लहानमा नेकपा एमालेले आयोजना गरेको चुनावी कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथी समेत रहेका पूर्वप्रधानमन्त्री नेपालले एमाले पार्टीसंग देश बनाउने नक्सा र भिजन भएकोले बाम गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् ।
संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सत्यनारायण यादवलाई नेकपा एमालेमा प्रवेश गराउँदै नेपालले भने, ‘मधेशीको अधिकार र मधेशको विकासमा एमाले पार्टीको योगदान रहेको छ । मधेशको हितमा सदैव एमाले पार्टी काम गर्नेछ ।’
प्रतिक्रिया