५ वर्षमा एकहजार मेगावाट बिजुली उत्पादन गर्ने बीपीसीको लक्ष्य

५ वर्षमा एकहजार मेगावाट बिजुली उत्पादन गर्ने बीपीसीको लक्ष्य


स्वदेशी कम्पनी बुटवल पावर कम्पनी (बीपीसी) ले आगामी ५ बर्षभित्रमा एकहाजर मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ । बिपीसीले चीनका ३ वटा कम्पनीसँगकोे साझेदारीमा यतिका विद्युत उत्पादनको लक्ष्य लिएको हो ।

बुधबार चीनको सिचुवान प्रोभिन्सल इन्भेस्टमन्ट ग्रुप, चेङ्दु सिंचेन इन्भेस्टमेन्ट ग्रुप र छिमयुआन इन्जिनियरिङ कन्सल्टेन्सी लिमिटेसँग साझेदारीको घोषणा गरेको हो ।
उनिहरुको साझेदारीसँगै बिपीसीले नेपालको जलविद्युृत क्षेत्रमा ३ खर्बसम्म लगानी गर्नेछ ।

ब्धबार भएको एक कार्यक्रमका बीच बुटवल पावर कम्पनीसहित चार कम्पनीले पहिलो प्रोजेक्टका रुपमा मनाङ जिल्लामा पर्ने मस्र्याङ्दी नदीमा एकसय मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत आयोजना बनाउने घोषणा समेत गरेका छन् ।  यस्तै, साँढे ८ मेगावाटको चिनोखोला जलविद्युत आयोजना अघि बढाउँदैछ ।

नेपालमा चिनियाँ कम्पनीले ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए निर्धारित समयमै निर्माण गरेपछि उनिहरुको माग बढ्न थालेको छ । जुन आयोजनाबाट विद्युत उत्पादन समेत भइसकेको छ ।

नेपालको जलविद्युत क्षेत्रमा स्थापित भएको बुटवल पावर कम्पनीले भने अहिले ३० मेगावाटको ङादी र ३७.६ मेगावाटको ‘कावेली ए’ निर्माण गरिरहरेको छ । बिपीसीले ङादी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई नै दिएको छ । सन् २०२० सम्ममा दुवै आयोजना सम्पन्न गर्ने जनाएको छ ।

पहिलो चरणमा दुई चिनियाँ साझेदारीमा निर्माण गर्ने बीपीसीको योजना छ । अन्य पाइपलाइनमा रहेका ठूला आयाजनाको निर्माण पनि सँगसँगै अघि बढाउने बीपीसीले जनाएको छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । आगामी चार बर्र्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ ।

दुई आयोजना बनाउका लागि लगानी जुटाउन बीपीसीले ४० लाख ८१ हजार कित्ता थप निष्काशन (एफपीओ) ल्याउने तयारी थालेको छ । प्रतिकित्ता ५१८ रुपैयाँ प्रिमियम मुल्यमा उसले एफपीओ ल्याउन लागेको हो । यो दरमा एफपीओ निश्काशन अनुमति पाए कुल २ अर्ब ११ करोड ३९ लाख ५८ हजार रुपैयाँ संकलन हुने छ ।