
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेल घरदैलो अभियानअन्तर्गत बन्दिपुर गाउँपालिका–२ को बजार क्षेत्रका मतदाताहरूको घरदैलो पुग्नुभयो ।
नेपालकै सुन्दर पर्यटकीय स्थलका रुपमा अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाएको पहाडि रानी बन्दीपुरबासीको घरदैलोमा भोट माग्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले बन्दिपुर बजार क्षेत्रमा रहेको खानेपानी समस्या समाधानका लागि अब गुरु योजना थालिने बताउनुभयो ।
तनहँुको पुरानो सदरमुकाम रहेको बन्दिपुरको फोहर मैला व्यवस्थापन र मौलिक घरहरु तथा पुरातात्तिक बस्तुहरुको संरक्षण लगायतका विषयमा आफू निकै गम्भिर रहेको उहाँको कथन थियो ।
टेलिभिजनका पर्दामा मात्र देखिने वरिष्ठ नेता पौडेललाई आफ्नै घर आँगनामा मत माग्दै आएको देखेर स्थानीयहरू उत्साहित हुदै फुलमालाले भव्य रुपमा स्वागत गरेका थिए ।
घरदैलो कार्यक्रमा तनहुँ क्षेत्र नं १ को प्रदेशसभा (ख)का उम्मेदवार एवम् कांग्रेसका पूर्व जिल्ला सभापति रघुनाथ पौडेलले बन्दिपुरको विकास र यस क्षेत्रको संरक्षण तथा अन्तराष्ट्रिय स्तरसम्मको प्रचारप्रचारको जिम्मा नेपाली कांग्रेसले लिने भएकाले कांग्रेसलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभएको थियो ।
उक्त घरदैलो कार्यक्रममा महासमिति सदस्य रामचन्द्र अधिकारी, जिल्ला सचिव विश्व बाँस्तोला महाधिवेशन प्रतिनिधिहरु दिपक भट्टराई , श्याम मौरती, जिल्ला कोषाध्यक्ष रेशम गुरुङ्ग, नेपाली कांग्रेस बन्दिपुर गाउँपालिका संयोजक कर्ण खत्री लगायतको उपस्थिति रहेको थियो ।
बरिष्ठ नेता पौडेलले बुधबार नै लमजुङ्ग जिल्लाको सुन्दरबजार नगरपालिकामा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।
किरण गुरुङ्गको घरमा खानेपानी पुर्याउने भण्डारीको संकल्प
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर भण्डारीले बाम गठबन्धनका प्रदेश सभा (ख) का उम्मेदवार तथा पूर्व मन्त्री किरण गुरुङको गाउँमा देखिएको खानेपानी समस्या समाधान आपूmले गर्ने बताउनुभएको छ ।
भिमाद नगरपालिका वडा नं ८ बाह्रबिसेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेता भण्डारीसमक्ष भिमाद ९ का स्थानियले खानेपानीको माग राखेपछि उहाँले सो कुरा बताउनुभएको हो । ‘पूर्वमन्त्री किरण गुरुङ्गको गाउँको हातल त यस्तो छ समग्र साविक ३ नम्बरको अवस्था कस्तो होला ?” अचम्म मान्दै नेता भण्डारी भन्नुभयो,“म किरण गुरुङ्गको घरमा नै पानीको धारा जडान गरेर उहाँको आमालाई पानि खुवाउछु ।’
चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी १ सय १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममालाई सम्बोधन गदै कांग्रेस युवा नेता तथा तनहुँ क्षेत्र नं २ का प्रदेश सभा (क) का उम्मेदवार प्रदिप पौडेलले युवाहरुको ढुकुढुकी बन्न सफल नेपाली कांग्रेसले नै युवाहरुको शिक्षा स्वास्थ्य र रोजगारीको ज्ञारेन्टी लिने बताउनुभयो ।
चुनावी सभालाई नेपाली कांग्रेस तनहुँका उपसभापति जितप्रकाश आले, महाधिवशेन प्रतिनिधिहरु इन्दिरा खनाल, चुडामणी खनाल, मिलन आले पूर्व जिल्ला सदस्य निर्जला अर्याल लगायतले सम्बोधन गर्नुभएको थियो ।
भिमाद वडा नं ८ को भागर, बाह्रविसे सिम्ले लगायतका क्षेत्रका मतदातहरुको घरदैलोमा मत माग्नपुग्नुभएका नेता भण्डारीलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।
यस्तै कांग्रेस युवा नेता तथा तनहुँ क्षेत्र नं २ का प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेलले बुधबार नै शुक्लागण्डकी नगरपालिका वडा नं ८ को मुस्ताङ्ग बस्ति, सिमल डाँडा, टहरे, मालेवगर लगायतका क्षेत्रमा मतदाता घरदैलो अभियान सम्पन्न गर्नुभएको छ । उक्त घरदैलो कार्यक्तमा क्षेत्रीय सभापति किसान गुरुङ्ग, महाधिवशेन प्रतिनिधि कृष्ण पण्डित , प्रकाश वि.क, क्षेत्रीय कोषध्यक्ष तारा अधिकारी तरुण नेता जितेन्द्र सेन ठकुरी लगायतको सहभागिता रहेको थियो ।
व्यास छिचोल्दै रघुनाथ
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा तनहुँ क्षेत्र नं १ को प्रदेश सभा (ख) का उम्मेदवार रघुनाथ पौडेल बुधबारदेखि ब्यास नगरमा केन्द्रित हुनुभएको छ । उहाँले बुधबार व्यास १४ मा घरदैलो सम्पन्न गर्नुभएको छ ।
विहान वरिष्ठ नेता तथा प्रतिनिधि सभा उम्मेदवार रामचन्द्र पौडेलसँग बन्दिपुर बजारमा घरदैलो सहभागी हुनुभएका प्रदेश सभा उम्मेदवार पौडेल बुधबार दिनभरी व्यास १४ का नयाँगाम चिती लगायतका गाउँहरुमा चुनावी घरदैलो तथा कोणसभामा व्यस्त रहनुभयो ।
कोणसभालाई सम्बधोन गर्दै नेता पौडेलले व्यास १४ जोड्ने कालोपत्रे सडकलाई छिटो भन्दा छिटो सम्पन्न गराउन ठेकदारसंग कुरा भईरहेको जानकारी दिनुभयो । उहाँले १४ नम्बर वडाको प्रमुख समस्याका रुपमा रहेको खानेपानी , गुणस्तरीय शिक्षा र स्वास्थ्य लगायका समास्याहरुको समाधान कांग्रेस नेतृत्वले मात्र गर्ने भएकाले कांग्रेसलाई बिजयी गराउन उनले स्थानिय मतदातहरुलाई आग्रह समेत गनुभयो ।
उक्त चुनावी घरदैलो तथा कोणसभामा नेपाली कांग्रेसका जिल्ला सचिव विश्व बाँस्तोला,महाधिवशेन प्रतिनिधि दिपक भट्टराई,जिल्ला सदस्य लेखबहादुर राना, नेपाली कांग्रेस वडा नं १४ का संयोजक काजिमान श्रेष्ठ, तरुण दल जिल्ला सचिव दयानिधि नराल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
भट्टराईले भन्नुभयो, सुकुम्बासी बस्तिलाई व्यवस्थित गर्छु
नेपाली कांग्रेसका युवा नेता तथा तनहुँ क्षेत्र नं १ को प्रदेश सभा (क) का उम्मेदवार गोविन्द भट्टराईले बीसघरे क्षेत्रको सुकुम्बासी बस्तिलाई व्यवस्थापन गर्न आफूले पहल गर्ने बताउनुभएको छ ।
लामो समयदेखि उक्त क्षेत्रमा बस्दै आएका स्थानियको जनगुनसोलाई सम्बोधन गदै नेता भट्टराईले स्थानीय युवाहरुको प्रतिभालाई संरक्षण गर्न विभिन्न क्लवको भवन निमार्णदेखि खेल मैदान निर्माणसम्मको कामलाई प्राथमिकता राखेर आफु अगाडी बढ्ने बताउनुभएको छ ।
उहाँले बीस घरे क्षेत्रको मोटबाटोको स्तरोन्नति, खानेपानी तथा नालाको समस्या लगायत सम्पुर्ण समस्या आपूmलाई जानकारी रहेको बताउदै तत्काल समस्या समाधान गर्नका लागि आवश्यक पहल समेत गरिदिने बताउनुभयो ।
घरदैलो कार्यक्रमा जिल्ला प्रवक्ता अशोककुमार श्रेष्ठ, महिला संघ जिल्ला सभापति पवित्रा पौडेल, महाधिवशेन प्रतिनिधि दिपक भट्टराई, जिल्ला आमन्त्रित जिल्ला सदस्य सुरेश भट्टराई, तरुण नेता रविन पौडेल, लक्ष्मु मल्ल, वडा सभापति बाबुराम बगाले, स्थानिय नेता प्रेमकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
क्षेत्र नं २ को विकासका लागी कांग्रेसको तिजाउनु होस् नेता : वाग्ले
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा तनहुँ क्षेत्र नं २ को प्रदेश सभा (ख) का उम्मेदवार ध्रुव वाग्लले तनहुँको क्षेत्र नं २ को तीब्र विकासका लागि कांग्रेसको रुख चिन्ह्रमा मतदान गरी विजयी गराउन आग्रह गर्नुभएको छ ।
यस क्षेत्रबाट ४ पल्टसम्म संसदमा नेतृत्व गरेको एमाले पार्टीले यस क्षेत्रको विकासमा कुनै उल्लेखनीय भूमिका नखेलेको विषयलाई लिएर जनता आजित हुदै यसपालि रुख चिन्ह्रमा मतदान गरेर नेपाली कांग्रेसका उम्मेदवाहरुलाई विजयी गराउन जनताहरु आतुर रहेको उहाँले दावी गर्नुभयो ।
नेपाली कांग्रेसको विजयले जनतामा रहेको निराशा र पिडाको अन्त्य गराउदै यस भेगको संवृद्धि र विकासलाई तिब्र गतिमा अगाडी बढाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
चुनावी प्रचार अभियानका क्रममा भिमाद नगरपालिका वडा नं १ को डुम्रेवशी, बोमा,बेलडाँडा लगायतका ठाउँहरुमा भएको कोणसभालाई सम्बोधन गदै नेता वाग्ले उक्त कुरा बताउनुभएको हो ।
कोणसभामा जिल्ला उपसभापति जितप्रकाश आले, महाधिवशेन प्रतिनिधि मिलन आले, नेपाली कांग्रेस भिमाद १ का संयोजक माधव लम्साल, तरुण नेता दिपक आले लगायतका वक्ताले नेपाली कांग्रेसलाई विजयी बनाएर देशमा शान्ति र समृद्धि कायम गर्न अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया