केपीले देउवा सरकारमाथि लगाए गम्भीर आरोप

केपीले देउवा सरकारमाथि लगाए गम्भीर आरोप


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  सरकार आफै चुनाव विथोल्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

बिहीबार नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको पत्रकार भेटघाटमा उनले कांग्रेस र नेत्रविक्रम चन्द विप्लवबीचको साँठगाँठले चुनाव भाँड्ने षड्यन्त्र भइरहेको बताए। ‘निर्वाचनको माहोल ताँतिदै जाँदा उम्मेदवार नेता लक्षितका वम पड्किरहेका छन्।

सरकार त्यसको संरक्षकको भूमिकामा देखिएको छु उनले भने ‘ प्रदेश प्रहरी प्रमुखको सरुवा भएको छ। हातहतियार सहित प्रक्राउ पर्दा सरकार र कांग्रेसका माथिल्लो तहबाट त्यस्ता मान्छेलाई तत्काल छाड्न आदेश हुन्छ।’

पूर्व प्रधानमन्त्री ओलीले अबको केही महिनामै मुलुकले स्थायित्व पाउने र जनताले समृद्धि र अधिकारको अनुभूति गर्न सक्ने भन्दै मुलुकले कम्युनिष्ट सरकार पाउनको आतुर रहेको बताए। ुकांग्रेसले मुलुकको स्थायित्व र समृद्धि देख्न नचाहेको आरोप लगाउँदै ओलीले भने ‘दक्षिणपन्थीको दासतामा रहेको कांग्रेसले मुलुकलाई कसरी समृद्ध र स्थायित्व राख्न चाहन्छ होला ररु यो देशमा जनताको अधिकार जनताको शासन पद्धतिकै विकास गर्न हामी चाहेका छौं।’

एमाले अध्यक्ष ओलीले निर्वाचनपछिको नयाँ सरकारले सातवटै प्रदेशको राजधानी तोक्ने बताए। ‘मुख्यमन्त्री र राजधानी भन्दा पहिले निर्वाचन रहेकाले मुलुकको ध्यान निर्वाचनमा दौडिएको छु उनले भने। प्रदेश नम्बर ५ को सदरमुकाम दाङमा राख्न नेकपा एमाले सकारात्मक रहेको बताउँदै ओलीले अहिले नै दाङलाई सदरमुकाम तोक्ने घोषणा नगरिने बताए। ‘अहिले दाङ हुन्छ भन्न सकिदैन। म दाङप्रति सकारात्मक नै छु’ उनले भने।