तीन दशकसम्म एमालेका नेता झलनाथ खनालका चिल्ला कुरामा विश्वास गरेका इलाम क्षेत्र न १ का जनतामा एमाले सहितका दल त्यागेर कांग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ । एमालेको गढ ठानिएको सुर्योदय नगरपालिकाको पशुपति नगरबाट ८० घर परिवारका मूलीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
एमालेका सुवास नेम्वाङको क्षेत्रमा पर्ने इलाम नगरपालिकाबाट पनि ४ सय परिवार कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस इलामले जनाएको छ ।
पशुपतिनगरवासीले खनालले दशगजामा छिमेकी मुलुकबाट गुम्बा बोलाउँदा नदेखेको र नसुनेको जस्तो गरेको, नेपाली भूमि मिच्दा बेवास्ता गरेको, भारतीय पक्षले दुःख दिँदा उनीहरुकै पक्षपोषण गरेको, विकास निर्माणका काममा एमाले कार्यकर्ता र ठेकेदारलाई पोषेको, साखेजुङमा जापानी एजेन्सीको सहयोगमा खनालको घरजाने बाटो बनाउँदा भाइ दाताराम खनाल मार्फत आर्थिक हिनामिना गरेको, सुर्योदय नगरपालिकाको रिङरोडका लागि पटक पटक ठुला रकम छुट्याएर कार्यकर्ता पोसेको तर काम नगरेको, तत्कालीन जिल्ला विकासका प्राविधिकलाई दबाब दिएर काम नै नगरी योजना फरफारक गराएको आरोप लगाएका छन् । उनीहरुले एमालेको भ्रष्टाचारको जालो तोड्न आफूहरु कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।
सो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट स्थानीय र विकासप्रेमी नेता भुपेन्द्र कट्टेल खनालसंग प्रतिष्पर्धा गर्दै छन् । उनले झलनाथ खनालले तीस बर्षमा गर्न नसकेको काम सम्पन्न गर्ने दाबी गरेका छन् । इलाम क्षेत्र न १ को प्रदेश सभा (क) मा काग्रेसका प्रभावशाली नेता देवेन्द्र राई र (ख) मा दुर्गा बराल चुनावी मैदानमा छन् । दुबै नेताको विकासप्रेमी छविमा रहेका छन् ।
इलामको निर्वाचन क्षेत्र न २ मा नेपाली कांग्रेसका उम्मेदवार केशव थापासंग चुनावी मैदानमा रहेका सुवास नेम्वाङलाई जनताले वहिस्कार गर्ने सल्लाह गरेको पार्टी त्यागेका एमालेका कार्यकर्ताहरुले बताएका छन् ।
पार्टी त्याग गरेका उनीहरुले नेम्वाङले गैडे-महमाई सडकको नाममा कार्यकर्ता पोसेको, शीत भण्डार र सुकिलुम्बा विमान स्थल वेवारीसे बनाएको, जनताको समस्या समाधान गर्न केहि पनि नगरेको बताएका छन् ।
सो क्षेत्रको प्रदेश न १ मा काग्रेसका डम्बर खड्का र प्रदेश २ मा खगेन्द्र देवान चुनावी मैदानमा छन् । इलामको हरेक विकास निर्माणमा सगै रहेने काग्रेसका थापा, खड्का र देवानका छेउमा एमाले र वाम गठबन्धनका नेताको तुलनानै नहुने मतदाताहरुले बताउन थालको छन् ।
प्रतिक्रिया