२० बर्षदेखि सेवारत विमा कम्पनी एनबीले अबदेखि आइएमई जनरल इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार गर्ने भएको छ । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विधिवत रुपमा आइमएई जनरल इन्स्योरेन्सका नामबाट कारोबार आरम्भ गरेको जानकारी गराएको हो ।
एनबी इन्स्योरेन्सले विधिवत रुपले आइमएई जनरल इन्स्योरेन्सका नामबाट कारोबार आरम्भ गरेको कम्पनीका अध्यक्ष हेमराज ढकालले जानकारी दिए । तीन महिनासम्म रि–ब्राण्डिङ र आक्रामक बजार विस्तार गर्ने योजनाका साथ अघि बढेको अध्यक्ष ढकालको भनाई छ ।
कुल ५४ करोड चुक्ता पुँजी रहेको कम्पनीले ८० प्रतिशत हकप्रद जारी गरेर चालु आर्थिक बर्षमै ९५ करोड २० लाख चुक्ता पुँजी पु¥याउने र थप ५ प्रतिशत बोनस शेयर दिने योजना बनाएको कम्पनीले जानकारी दिएको छ ।
आगामी तीन महिनाभित्र कम्पनीले विभिन्न जिल्लाहरुमा १८ वटा नयाँ शाखा खोल्ने गरी अनुमति लिइसकेको जनाएको छ । २५ शाखा र १० वटा सेवा काउण्टरबाट ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले गत असोज मसान्तसम्ममा २२ करोड प्रीमियम संकलन गरेर २ करोड ५५ लाख नाफा कमाएको जनाएको छ । कम्पनीको जगेडा कोषमा २२ करोड रुपैंयाँ रहेको छ । हाल रहेको १ सय ६६ जना कर्मचारीको संख्यालाई पनि बढाएर २ सय ५० जनामा पु¥याउने कम्पनीको योजना रहेको छ । आगामी दिनमा १ अर्ब २० करोड प्रिमियम संकलन गरेर २० करोड नाफा कमाउने आक्रमक योजना कम्पनीले अघि सारेको छ । कम्पनीले २ बर्ष १० महिना अघि २० करोड भन्दा बढि नोक्सानी ब्यहोर्नु परेपनि पछिल्लो समयमा भने मुनाफा कमाउन सफल भएको छ ।
प्रतिक्रिया