प्रधानमन्त्रीले राष्ट्रद्रोह गरेमात्र राज्यले हटाउन सक्छ

प्रधानमन्त्रीले राष्ट्रद्रोह गरेमात्र राज्यले हटाउन सक्छ


–दीर्घराज प्रसाई
संविधानसभा भङ्ग भएपछि पदीय हैसियत गुमाइसकेका बाबुराम भट्टराईले आफै प्रधानमन्त्री पदबाट नहटेसम्म उनलाई हटाउन सक्ने कुनै आधार छैनन् । अन्तरिम संविधान पनि संविधानसभा भङ्ग भएपछि मरिसकेको छ । मरिसकेको अन्तरिम संविधानलाई आधार मानेर उनलाई हटाउन खोज्दा पनि त्यसमा कुनै उल्लेख छैन । संविधानसभासँगै अन्तरिम संविधान, प्रधानमन्त्री, राष्ट्रपति सबैको पद अवसान भइसकेको छ । तर पनि प्रधानमन्त्रीको पदबाट बाबुराम भट्टराई हट्ने संभावना छैन । बाबुराम भट्टराईले प्रधानमन्त्री बनेपछि नेपाललाई बिगार्ने मात्र काम गरे । वास्तवमा बाबुराम भट्टराई देशद्रोही हुन् जस्ले भारतीय गुप्तचर संस्था। यूरोपियन राष्ट्रहरु र क्रिस्चियनहरुको आड र निर्देशनमा नेपालको अस्तित्व समाप्त गर्ने दलाल बनेका छन् । उनी पनि क्याथोलिक क्रिस्चियन भएकाले जसो गरेर पनि नेपालमा जातीय संघीयताको झगडा उठाएर नेपाललाई क्रिस्चियनकरण गराउनेमा छन् । उनकै सक्रियतामा २०६२ साल मंसिरमा दिल्लीमा १२ बुँदे सहमति गरिएपछि कांग्रेस, एमालेका नेताहरु सबै भारतीय ढलमा फस्न पुगे भने त्यही १२ बुँदेबाटै देशले धान्न नसक्ने गणतन्त्र, धर्मनिरपेक्ष जस्ता खतरनाक बुँदाको जाल बुनेर राजासँग सहमति गरेर जनआन्दोलन बिसर्जन गरेपछि उनकै सक्रियतामा राजसंस्थालाई विस्थापित गराउने काम भएको हो । नेपालको इतिहासमा बाबुराम भट्टराई जस्तो राष्ट्रघाती व्यक्ति प्रधानमन्त्रीको पदमा कोही छैनन् । हिजो यिनै कांग्रेस, एमाले, मधेसी र माओवादीका प्रचण्डहरुको चासोमा बाबुराम भट्टराई प्रधानमन्त्री बनेका हुन् । आज उनीहरु नै उनको बिरुद्ध लागेका छन् । तर उनीहरुको आक्रोस देश बचाउनको लागि नभएर बाबुराम भट्टराईलाई हटाएर सत्ता प्राप्तीको लागि मात्र हो ।

उनी प्रधानमन्त्री बन्दा भारतीय गुप्तचर संस्थाको रोहवर र निर्देशनमा आपसमा फुटेका भारतीय पिठठू बन्दैआएका भ्रष्ट मधेसी नेतालाई जुटाई दिएर तर्जुमा गरेको विवादास्पद ४ बुँदे सहमतिमा टेकेर प्रधानमन्त्री बनेका व्यक्ति हुन्– देशद्रोही बाबुराम भट्टराई । ४ बुँदे सहमति गरेको भोलिपल्ट २०६८ भाद्र १२ गते प्रधानमन्त्री भएपछि उनले नेपाली सेनाभित्र छुट्टै दशहजार मधेसी सेना भित्रयाउने पहल गरे, एक मधेस एक प्रदेशको राष्ट्रघाती कुरा समेतको समर्थन गरे, उनले नेपालको राष्ट्रिय पोसाक हटाउने काम गरे, २००७ सालको क्रान्तिमा प्रजातन्त्र ल्याउनमा सशक्त बनेका राष्ट्रपिता त्रिभूवनको अपमान गरेर सालिक भत्काउने निर्णण गरे । राष्ट्रिय एकता दिवस मानेनन् । विक्रम संवत् हटाएर इस्वी संवत्लाई राष्ट्रिय संवत् लागुगर्न खोजे । ज्यानमारा, अपहरणकारी, भ्रष्टहरुको संरक्षण गरे, मंत्रिमंडनमा समावेस गरे । वास्तवमा एउटा डाक्टरले एउटा बच्चालाई उमालेको तातो पानीमा फलिदिएको जस्तो बाबुराम भट्टराईले संविधानसभाबाट संविधान बन्न नदिएर देशलाई भडखारोमा पार्दै अझ घुर्की लगाउँदै सत्तामा रहिरहन संविधानसभा भङ्ग गराएका हुन् ।

तर उनी जति नै अनैतिक, देशद्रोही भएता पनि वा ए–माओवादी पार्टीबाट नेता प्रचण्डले कारवाही गरेता पनि वा अरु कसैले भन्दैमा उनले पद छोड्ने छाँटकााट छैन । कांग्रेस, एमाले र माओवादीभित्र र अन्य दलका नेताहरुले देशको हितमा एउटा पनि काम नगरी बितेका ६ बर्षदेखि जसरी अर्बौ राष्ट्रको सम्पत्ति माथि ब्रम्हलुट मच्चाए त्यसरी नै उनीहरु आफूहरु वदनाम, असफल र भइसकेपछि पनि अझै सत्तामा रहिरहन अनर्थमा असंवैधानिक जाली कुराहरु झिकेर नेपाली जनतालाई दिग्भ्रमित बनाउन राष्ट्रपतिको पद गुमीसकेका रामवरणलाई उचाल्दै छन् । । त्यसैले राष्ट्रपति लगायत अरुहरु चाहिं सत्ता नछोड्ने बाबुराम भट्टराइएले चाहिं प्रधानमन्त्रीको पदबाट हट्नुपर्ने भन्ने कुरा न्यायसंगत हुन सक्तैन । बाबुराम भट्टराईलाई सत्ताच्यूत गराउने हो भने राज्यले अर्थात अदालत, सेना तथा राज्यकास्थायी अङ्गले राष्ट्रद्रोहमा कारवाही गरेर जेल चलान गर्नसक्छ । अरु उपाय अहिले तत्काल केही देखिदैन । यसको साथै यो देशको यस्तो अधोगति गर्ने २०६३ सालपछिका देशद्रोही सत्तासीनहरु समेतलाई सप्रमाण कारवाही गर्न सकिन्छ । त्योभन्दा बेसी यो संविधानबिहीन अवस्थामा अरु कार्य गर्न कुनै आधार छैनन् । देशलाई स्रवैधानिक निकास दिएर अगाडि बढ्न २०४७ सालको संविधानलाई नै आधार बनाएर देशलाई निकास दिलाउन सकिन्छ । अरु उपाय केही छैनन् ।

अव राष्ट्रघाती अराष्ट्रिय तत्वहरुलाई सानोतिनो दण्डबाट देशले निकास पाउन सक्तैन । हाइटीमा अत्याचार र भ्रष्टाचारको पराकाष्ठा नाघेपछि अपराधीहरुलाई कडा सजाय दिने नयाँ प्रक्रिया शुरु गरेको छ । ‘कुनै चार चोर्दाचोर्दै समातियो भने चोरलाई पाता फर्काएर लडाइन्छ र निजले चोरेको वस्तु निजकै नजिक राखेर उसको शरीरलाई दाउरा, काठ, पराल आदिले छोपेर मट्टितेल वा पेट्रोल छर्केर आगो लगाई जलाएर मारिन्छ । उसले गरेको अपराध बाफत जनताले आफै सजाय दिन्छन् । मर्नुपर्ने डरले पनि मानिसहरु चोरी गर्दैनन् ।’.(महेशविक्रम शाह) यस्तै डरलाग्दो सजाय नेपालमा पनि मूख्य मूख्य देशद्रोही, अपराधी चोरहरुलाई नदिएसम्म नेपालभित्रका कपुत ब्याँसाहरुबाट देश बचाउन सकिदैन । नेपालमा धेरै राष्ट्रघाती अपराधीहरुले अठ्ठा जमाइसकेका छन् । सबैलाई समातेर कारवाही गर्न नसक्ने अवस्था आइसकेको छ । यसअवस्थामा कम्तीमा पनि २०६३ सालपछि राज्य संचालनमा रहेका ३०।४० जना देशद्रोही लुटेराहरुलाई राज्यले समातेर कारवाही गरियो भने अरु सबै भाग्छन् र अरु बााकीलाई कारवाहीको दायरामा ल्याउन सजिलो हुनजान्छ ।

कथित संविधानसभा नेपालकाने अस्तित्व सिद्धयाउने एक बिषबृक्ष थियो । संविधानसभा मरिसकेकाले सबैतिर खुसियाली छाएको छ । विदेशीले उचालेका कांग्रेस, एमाल, माओवादी र मधेसी दलालहरुको संविधानसभारुपी मागिखाने भाँडो समाप्त भएको छ । संविधानसभा मरेपछि यी सबै अँताल्एिका छन् । उता पदमुक्त भइसकेका राष्ट्रपति संविधानसभा भङ्ग भइसकेपछि पनि जुका जस्तो टाँसिएर राज्यकोषको दरुपयोग गर्दैछन् । यसबारेमा यही मरेको संविधानसभाका पूर्वसभामुख सुबास नेम्वाडले भनेका छन्–‘ सरकार र राष्ट्रपति दुबै बारे प्रश्न उठ्छ । प्रश्न उठ्छ भनेर मैले अगावै भनेको थिए । संविधानबिना संविधानसभा विघटन हुने कल्पनै गरेको छैन । रेल लिक छाडेर बाहिर आइसकेको छ । सरकार पलमुक्त भएको छ । बजेट ल्याउन पनि सक्तैन । यो सरकारले केही गर्न सक्तैन ।’ पूर्वसभामुखले मुख चपाएर बोलेता पनि संविधानसभा सिद्धिएपछि प्रधानमन्त्री, राष्ट्रपति, र अन्तरिक संविधानको हैसियत केही छैन भनेका छन् । यिनै सुबास नेम्वाड हुन् जस्ले २०४७ सालको संविधान अनुसार राजाले ब्यूँताएको प्रतिनिधिसभाबाट सुटुक्क धर्मनिरपेक्ष घोषणा गराएर नेपाललाई त्रिस्चियनकरणमा उन्मुख गराउने र जातीय आधारमा संघीय राज्यको अवधारणा ल्याएर राष्ट्र विखण्डनको प्रारुप तयार गर्ने– गद्दार । त्यसैले चाहे यिनै गद्दार सभामुख सुबास नेम्वाड हुन वा बाबुराम भट्टराई, प्रचण्ड, सुशिल कोइराला्, शेरबहादुर देउपा वा झलनाथ, माधव नेपाल जो हुन यी सबै देशद्रोही लुटेराहरु हुन्– उनीहरुको एकमात्र धेय छ राष्ट्रको ब्रम्हलुट मच्चाएर खाइरहने ।

सार्वभौमसत्ताको केन्द्रविन्दुको रुपमा रहेका नेपालका स्थापित पहिचानहरु २०६३ सालको जनआन्दोलन पछि ध्वस्त गराउन राष्ट्रघाती नेताहरु लागिपरेका रहेछन् भन्ने कुरा अहिले सबैको सामू छलङ्ग भएको छ । भारत र चीनको च्यापबाट जोगिएर आफ्नो सार्वभौम अस्तित्व बचाउनु नै नेपालको राष्ट्रियताको कडी हो भन्ने कुरालाई सत्तासीन– माओवादी, कांग्रेस, एमालेले कहिले चासो राखेनन् । पार्टीका दलाल नेताहरु भारतीय एजेन्ट बनेर नेपालको राष्ट्रियता र प्रजातन्त्र बाँच्न नदिने अवस्थामा प¥याउन खोजेकाले नेपालको सार्वभौमसत्ता ठूलो संकटमा परेको छ । राजसंस्था नहुँदाको अवस्थामा देशको कस्तो अधोगति हुँदोरहेछ भन्ने कुरा स्वदेशी–विदेशी सबैले देखे । यो सत्य साबित भएको छ कि राजसंस्था बिना नेपालको भौगोलिक र जातीय परिस्थितिमा एकता कायम हुन नसक्ने रहेछ । नेपालको राष्ट्रियता भनेको नेपालको स्वाभिमान जोगाउँदै प्रजातान्त्रिक अवधारणाबाट चीन र भारतसँग सन्तुलित कुटनीतिक सम्वन्ध कायम राख्नु हो । उनीहरुले नेपालको सन्दर्भमा राजसंस्था एक स्थायी संस्था नै राष्ट्रिय एकता र स्थिरताको साध्य हुनसक्छ भन्ने कुरा बुझ्नु सकेको भए नेपालको राष्ट्रियता यसरी खतरामा पर्ने थिएन ।

क्रिस्चियन मिसन, यूरोपियन यूनियन्, भारतीय र अमेरिकी गुप्तचर संस्था ‘रअ’ र ‘सीआए‘ ले एशियामा देशहरुमा पश्चिमाहरुको कुदृष्टि देखेर त्यसको प्रतिवादगर्दै चीनका राष्ट्रपति हुजीन ताओले पनि सन् २०११ अक्टुवरमा चििनया कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा भनेका छन्–‘पश्चिमा क्रिस्चियननीतिमा आधाररित संस्कृति र विचार फैलाएर चीनमा आफ्नो पकड जमाउने र त्यसपछि चीनलाई विभाजन गनेृ लक्ष्यकासाथ दीर्घकालनि रणनीति बनाएर काम गरिरहेकाले बुझेर सचेत हुन र पंतिवाद गर्दै चीनिया मोलिकपनका संक्षण गनृ गराउन हामी सबै केन्द्रित हुन जरुरी छ ।’

त्यस्तै नेपालमा अहिले विदेशी हस्तक्षेपको पराकाष्ठा नाघेको छ । जातीय र धार्मिक युद्ध कति पीडादाई र मनस्थितिलाई कमजोर बनाउने हुँदोरहेछ भन्ने कुराको हिटलरको नाजी युद्धको बेलाको समयमा मर्महात बनेका मार्टिन नियोमोलले आफ्नो पीडा पोख्दै लेखेका छन्–‘जर्मनीका नाजी सिपाहीहरु सबैभन्दा पहिला कम्युनिष्ट मार्न आए तर म बोलिनँ, किनकि म कम्युनिष्ट’ थिइनँ । त्यसपछि उनीहरु यहुदीलाई मार्न आए, त्यसबेला पनि म केही बोलिनँ किनकि म यहुदी थिइनँ । अनि उनीहरु ट्रेड यूनियनका मानिसहरुलाई मार्न आए, तव पनि म बोलिनँ, किनकि म ट्रेड यूनियनको सदस्य थिइनँ । फेरि उनीहरु कैथलिकहरुलाई मार्न आए, त्यसबेला पनि म बोलिनँ, किनकि म कैथलिक थिइनँ म एक प्रोटैस्टैन्ट थिएँ । अन्त्यमा उनीहरु मलाई मार्न आए, त्यसबेलामा मेरो पनि बचाउका लागि बोल्ने त्यहाँ कोही थिएन ।’ भोलि यस्तो अवस्था नेपाली नेपाली जातिमा नआओस् । बिभिन्न जातिलाई एउटै नेपाली जातिमा परिणत गराउनु पर्नेमा जातीय साम्प्रदायिक जञ्जालमा नेपाललाई फसाइएको छ । मुखले राष्ट्रवादी भनेर हुन्न । हिट्लर पनि आफूलाई देशभक्त ठान्थे । उनको विनास यस्तै जातीय कारणले भयो । जेहोस्, संविधानसभा भङ्ग भएर देश बाँचेको छ । हरक्षेत्र खुशी छ । तर जति धम्क्याउता पनि बाबुराम भट्टराईले पद छोड्ने संभावना नभएकाले उनलाई राष्ट्रद्रोहमा राज्यबाट कारवाही गराउन हामी सबैको प्रयत्न रहनुपर्छ । अनि देशलाई निकास दिलाउन २०४७ सालको संविधानमा टेकेर संविधानमा उल्लेखित अपरिवर्तनीय बुँदाहरुलाई यथावत राखेर देशलाई कसरी कुन ढाचाबाट संचालन गर्ने भन्ने सम्पूर्ण बुँदाहरुलाई राज्यको मूलनीतिमा समावेस गरेर राजासहित यो देशको सार्वभौम अस्तित्व अटल राख्नसक्नु पर्दछ ।