नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह सम्भाव्यता अध्ययनको कार्य आफू वाणिज्यमन्त्री हुँदा अगाडि बढाएको बताएका छन् ।
आज बिहान पार्टीका कार्यकर्ताहरुसँग कुराकानी गर्दै उनले भारतसँग सहज व्यापार सञ्चालनका लागि सुख्खा बन्दरगाह बनाउनुपर्छ भनेर यसको सम्भाव्यता अध्ययन गराएको बताए ।
नेता भट्टले त्यति बेला सुख्खा बन्दरगाह बनाउनका लागि साँढे छ अर्ब अनुमान गरिएको भएपनि अहिले लागत रकम बढ्ने बताएका छन् ।
प्रतिक्रिया