थवाङमा बिहान सात बजेदेखि शान्तिपूर्णरुपमा मतदान भइरहेको छ। विद्रोहको केन्द्र थबाङको तल्लो मतदान केन्द्रमा अहिलेसम्म डेढसय मतदाताले भोट हालिसकेका छन् भने माथिल्लो मतदान केन्द्रमा ६० जनाले मतदान गरिसकेका छन् ।
स्थानीय पत्रकार मौसम रोकाका अनुसार दुवै मतदान केन्द्रमा स्थानीय उत्साहित हुँदै भोट हाल्न गएका छन् । यी दुई मतदान केन्द्रमध्ये माथिल्लोमा १२६७ मतदाता छन् भने तल्लोमा १५०५ मतदाता रहेका छन् ।
प्रतिक्रिया