पर्सा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयकुमार चौरसियाले नेपाली कांग्रेसको पक्षमा अत्याधित भोट दिई विजयी बनाउन विशेष आग्रह गरेका छन् । पार्टीको वीरगञ्ज महानगरपालिका वडा नं. १ द्वारा सिसौबारी टोलमा आयोजना गरिएको बृहत कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्यसमेत रहेका नेता चौरसियाले कांग्रेसकै नेतृत्वमा संविधान निर्माण भएको र फेरि पनि कांग्रेसकै नेतृत्वमा मधेसीहरूको हक–अधिकारको लागि संविधान संशोधन हुने धारणा व्यक्त गरे ।
मधेसी आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक समुदायका हक अधिकारका लागि नेपाली कांग्रेसले नै विगतदेखि आवाज उठाउँदै आएको जनाउँदै नेता चौरसियाले धेरैजसो विकास निर्माणलगायत जनताका विभिन्न अधिकार पनि कांग्रेस सरकारकै पालामा सुनिश्चित भएको स्मरण गराए ।
प्रदेशसभा सदस्यका उम्मेदवार रामरुप कुर्मीले पनि नेपाली कांग्रेसले मात्रै मधेसी, जनजाति, आदिवासी लगायतका हक अधिकार सुनिश्चित गर्न सक्ने भएकोले आफुहरुलाई विजयी तुल्याउन आग्रह गरे ।
वडा अध्यक्ष मनोज साहको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका जिल्ला सभापति अजय कुमार द्विवेदी, वीरगंज नगरपालिकाकी उपमेयर शान्ति कार्की, पूर्वसांसद् ओमप्रकाश शर्मा, बहुदरामाई नगरपालिकाका मेयर नितेन्द्र साह, जिल्ला सचिव श्याम पटेल, सदस्य बैकुण्ठ श्रीवास्तव, महमद सहाबुदिन, महिला नेतृ किरन सरकार, मनोज राउत कुर्मी, हाजी सुहैल अंसारी, हृदय राउत कुर्मी, प्रभु नारायण कर्ण, शेख निजामुदिन, फखरुदिन मिया, गायक सुनिल पडित, शम्भु मिश्रा, नाजिर हुसैन लगायतका वक्ताहरूले काङ्ग्रेसका उम्मेदवारहरूलाई विजयी तुल्याउन मतदातासँग आग्रह गरे ।
सो अवसरमा राप्रपाका पूर्व नगरअध्यक्ष राजु साह, शशिकान्त कुर्मी लगायत करिव २ सय राजनीतिक कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई पार्टीका उम्मेदवार अजय चौरसिया, जिल्ला सभापति अजय द्विवेदी र रामरुप कुर्मीले टिका लगाई स्वागत गरेका थिए ।
– प्रणय साह
प्रतिक्रिया