पतिशोकमा परेकी बिना चुनाव प्रचारमा

पतिशोकमा परेकी बिना चुनाव प्रचारमा


चुनाव प्रचारप्रसारमा सक्रिय रहेकै बेला पति प्रकाश दाहालको यही मंसिर ३ गते असामयिक निधनपछि शोकमा परेकी प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगर काठमाडौँबाट यहाँ आई पुनः प्रचारमा खटेकी छन् ।

निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कञ्चनपुर फर्किएर पुनः चुनावी प्रचारप्रसारमा सहभागी भइरहेकी छन् ।

मगरले आफ्नो निर्वाचन क्षेत्र पुगेर प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको महासङ्ग्राममा रहेको बेला जीवनसाथी गुमाउनु पर्दाको पीडा आफ्ना लागि ठूलो चोट भए पनि व्यक्तिगत पीडाभन्दा राष्ट्रलाई समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी ठूलो भएको महसुस गरिएको जनाएकी छन् ।

विज्ञप्तिमा भनिएको छ, “मैले आफ्नो राजनीतिक यात्राका क्रममा सुख र दुःखमा सधैँ तपार्इंहरूको माया, साथ र स्नेह पाउँदै आएकी छु । त्यसैले राजनीतिक र व्यक्तिगत जीवनको उतारचढावमा मैले भोगेका हारजीतले यस क्षेत्रका जनताप्रति मेरो जिम्मेवारीबोधलाई कहिल्यै असर गरेन । यस क्षेत्रलाई समृद्ध रुपमा विकास गर्ने मेरो सपना हो । त्यसैले यतिखेर परिवारमा परेको पीडा झेल्दै कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रका जनताको सेवा गर्ने अठोटका साथ पुनः तपाईंहरूमाझ फर्किएकी छु ।”