रुकुमको रत्न मावि मतदान केन्द्र तनावग्रस्त

 रुकुमको रत्न मावि मतदान केन्द्र तनावग्रस्त


रुकुमको काँडा बाँफीकोटस्ति रत्न माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’ मा मत पेटिकामा आगजनी गरिएको छ ।

अज्ञात समूहल दुईवटा मतपेटिकामा आगजनी गरेपछि मतदान केन्द्रको अवस्था तनावग्रस्त भएको छ । करिब २५० मत खसिसकेको अवस्थामा दुईवटा मतपत्र जलाइएपछि त्यहाँ मतदान पनि स्थगित भएको छ ।

मतपत्र जलाइएपछि मतदान केन्द्रको सुरक्षामा खटिएको टोलीले तीनजनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।