प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज भइरहेको पहिलो चरणको निर्वाचनमा दिउँसो साढे १२ बजेसम्ममा ४० प्रतिशतभन्दा बढी मत खसेको छ ।
३२ जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, औसतमा ४० प्रतिशत मतदान भएको छ । सबैभन्दा बढी मनाङमा ५० प्रतिशत मतदान भएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ ।
प्रतिक्रिया