यस्तो पो रहेछ महतोको उम्मेदवारीको रहश्य !

यस्तो पो रहेछ महतोको उम्मेदवारीको रहश्य !


राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मधेश आन्दोलनमा शहीद भएकाहरुको सपनालाई साकार पार्न मधेशी दलको गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताएका छन् । राजपा र संघीय समाजवादी फोरम नेपालको गठबन्धनले शनिबार सप्तरीको राजविराजमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै महतोले ‘एमाले, माओवादीलगायतका ठूला भनिने दललाई भोट दिनु भनेको मधेशको अपमान हो’ भने । उनीहरूलाई भोट दिएर शहीदको अपमान गर्न नहुने उनको तर्क छ ।

मधेशी गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गर्दै महतोले ‘सप्तरीको मलेठमा मधेशी जनतालाई गोली हानेर हत्या गर्न आदेश दिने तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिसँग बदला लिन आफूले जनकपुरबाट चुनाव लडेको’ बताए । मधेशी जनताको अधिकारका लागि शांतिपूर्ण आन्दोलन गर्नेहरुमाथि गोली हान्न आदेश दिनेहरूस बदला लिने समय आएको उल्लेख गरे । ‘मधेशविरोधी संविधानमा हस्ताक्षर गर्ने कांग्रेस, एमाले र माओवादीमा मधेसबाट प्रतिनिधित्व गरी बसेका नेताहरुसंग बदला लिने बेला आएको छ, संविधान संशोधन सुनिश्चित गर्न, मधेश प्रदेशमा आफ्नो सरकार बनाउनका लागि मधेश गठबन्धनलाई जिताउन आवश्यक छ, त्यसका लागि मधेशी दलको गठबन्धनको पक्षमा मत गर्नुपर्छ ।’