भक्तपुरस्थित मैत्रिय बचत तथा ऋण सहकारी संस्थाको आम्दानी २ करोड २६ लाख नाघेको छ । संस्थाको दशौं बार्षिक साधारण सभाको अवसरमा आयब्यय प्रस्तुत गर्दै सोको बारेमा जानकारी गराइएको हो ।
भक्तपुरको बालकोटमा रहेको सो सहकारी संस्थाले चालु आर्थिक बर्षमा २ करोड २६ लाख आम्दानी गरेको छ । १० बर्ष अघिदेखि कारोबार गर्दै आएको यस सहकारीले हरेक बर्ष आफ्नो कारोबारलाई बृद्धि गरिरहेको छ । बैंक तथा सहकारीहरुको भीडमा पनि आफ्ना ग्राहकहरुको मन जितेर संस्थाले सेवा प्रदान गर्दै आइरहेको छ ।
सहकारीले चालु आर्थिक बर्षमा २२ लाख मुनाफा आर्जन गर्न सफल भएको संस्थाका कोषाध्यक्ष दिवाकर सिलवालले जानकारी दिए । उनका अनुसार संस्थाले चालु आर्थिक बर्षमा १ करोड ५५ लाख शेयर पुँजी पु¥याएको छ भने १३ करोड ९२ लाख बचत गर्न सफल भएको छ ।
संस्थाले चालु आर्थिक बर्षमा कृषि तथा पशुपालन, शैक्षिक, हायरपर्चेज, घर निर्माणका साथै सामाजिक तथा स्वास्थ्य शिर्षकहरुमा गरी २२ करोड ४२ लाख कर्जा लगानी गरेको छ । संस्थामा कुल ९ सय ७ जना शेयर सदस्य रहेका छन् ।
देशको आर्थिक अवस्था सहज नभएको अवस्थामा हाम्रो जस्तो समुदायमा आधिारित सहकारी संस्थालाई दीगो र सवल पार्न र सदस्यहरुलाई उच्चतम सुविधा प्रदान गर्न कठिनाई भएको संस्थाका सचिव सुमन सिलवालले जानकारी दिए । उनले आगमी दिनमा सहरकारीलाई अझ बढि सक्षम, सवल र प्रतिस्पर्धी बनाएर अघि लैजाने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
सहकारी संचालक समितिका सदस्य नविन उप्रेतीले ग्राहकवर्गमा कर्जा लगानी गर्दा आयमुलक एवं उत्पादनशील कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् ।
२०६४ असोज २४ गते स्थापना भएको यस सहकारीले यसै आर्थिक बर्षको अन्त्यसम्ममा शेयर पूँजी रकमलाई १ करोड ७५ लाख पुर्याउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया