विद्रोहको धम्की र लोकतन्त्रवादीको दायित्व

विद्रोहको धम्की र लोकतन्त्रवादीको दायित्व


संविधान निर्माणका लागि तोकिएको अवधि छोट्टिएर ६ महिनाभन्दा कम रहँदा पनि यसप्रति जिम्मेवार पक्ष गम्भीर नभएकोमा चौतर्फी चिन्ता बढिरहेको परिवेशमा माओवादी नेतृत्वले पुनः ँविद्रोह’ र ँक्रान्ति’को धम्की दिन थालेको छ । पार्टीको विद्यार्थी भ्रातृ-सङ्गठनका कार्यकर्तालाई उक्साउँदै माओवादी अध्यक्ष प्रचण्डले ँजनविद्रोह’ को तयारी गर्न आदेश दिएका छन् । विश्वविद्यालय तथा क्याम्पस भवनहरूलाई ब्यारेकीकरण गरिने उद्घोष गर्न कुनै सङ्कोच वा अप्ठ्यारो महसुस गरेनन् उनले । सिद्धान्ततः हतियार बिसाएर शान्तिप्रक्रियामा आएको भनिए पनि हतियारप्रतिको मोह माओवादीमा प्रचुर रहेको र अझै पनि त्यसैको बलमा सत्तासीन हुने कसरत चलिरहेको यस प्रसङ्गले थप प्रस्ट पार्छ ।
समय-सीमा खुम्चिँदै जाँदा मुलुकको मुख्य दलले संविधानलेखनका लागि वातावरण खुकुल्याउने कि झन्-झन् गाँठो कस्दै अप्ठ्यारो परिस्थिति निम्त्याउने – बाँकी समयलाई अधिकतम् सदुपयोग गर्नेतिर लाग्ने कि अरूमाथि दोष थोपर्दै अवधि गुजार्ने – आफूलगायतका दलहरूकै कारण अन्योल बढेको र संविधान निर्माण प्रक्रिया सुस्त बनेकोबारे जनतालाई सम्झाउँदै सहयोग र समर्थनको याचना गर्ने कि शान्तिप्रक्रिया खलबल्याउँदै उत्तेजक अभिव्यक्ति दिएर जनता भड्काउने – विद्यार्थीलाई अध्ययनमा लाग्न प्रेरित गर्ने कि जबर्जस्ती सैनिकीकरणतर्फ उन्मुख गराउने – विश्वविद्यालय एवम् स्कुल-क्याम्पसलाई ज्ञान आर्जनको उन्नत थलोका रूपमा विकसित गर्न लागिपर्ने कि त्यसलाई ब्यारेकीकरणमा लैजाने – माओवादी नेतृत्वको पछिल्ला उत्तेजक र अराजक प्रकृतिका वयानबाजीले यस्तै बग्रेल्ती सवाल पैदा गराएको छ । माओवादी संविधान होइन मुलुकमा अराजकता, अशान्ति, द्वन्द्व र विनाश नै चाहन्छ भन्ने धारणालाई उसका प्रचण्ड-अभिव्यक्तिले थप प्रबल तुल्याएको छ ।
तुलनात्मक रूपमा संविधान निर्माण कार्यको नेतृत्व गर्ने मूल जिम्मेवारी एकीकृत माओवादीकै हो । अन्य पक्षहरू दायाँबायाँ लाग्दा वा उनीहरूले सुस्तता देखाउँदा जिम्मेवारीबोध गराउँदै ऊर्जा भर्ने या उत्प्रेरित गर्ने दायित्व उसैको हो । तर, व्यवहार ठ्याम्मै उल्टो देखिँदै छ । अनेक बहाना र बखेडाबाजी गर्दै ०६८ जेठ १४ सम्मको अवधि गुजार्ने र त्यसपछि ँजनविद्रोह’को नाममा मुलुकमा ँउल्का’ वर्षाउने माओवादीको रणनीति रहेको आशङ्का गहिरिँदो छ । अन्यथा विद्यार्थी भ्रातृ-सङ्गठनका सदस्यहरूलाई विद्रोहका लागि तयार रहन उर्दी जारी गर्नुपर्ने कारण के रहन्छ –
यता यसरी ँजनविद्रोह’ र ँक्रान्ति’को अँगेनो तताउँदै गर्दा ँनेपाली काङ्ग्रेसको उम्मेदवारलाई प्रधानमन्त्री बन्न सघाउन तयार रहेको’ जाल फ्याँकेर माओवादी नेतृत्वले नाङ्गो धूर्त्याइँ प्रकट गर्न थालेको छ । जनताको मुक्ति, उन्नति र उत्थानको कुरा गर्ने तर त्यो उद्देश्य हासिल गर्न अत्यावश्यक मार्ग ँबहुलवाद’को विपक्षमा आगो उकेल्ने † लोकतन्त्रप्रति प्रतिबद्धताको भाषण गर्ने अनि लोकतन्त्रको पक्षपोषणमा लाग्नेहरूको जरो काट्न उद्यत् हुने † एकातिर झलनाथलाई लिस्नो लगाउने त अर्कोतिर रामचन्द्रलाई फकाउन खोज्ने † यथार्थमा चाहिँ सत्ताको साँचो आफैं हत्याउन जेसुकै कदम चाल्न पनि तत्पर रहने माओवादी चाल अब केटाकेटीको खेलतुल्य बन्न पुगेको छ । निरङ्कुश सत्ता स्थापनार्थ सरकारलाई नै विद्रोहको औजार तुल्याउने माओवादी चाल अब उदाङ्ग भइसकेको छ ।
सहमति र दलीय ऐक्यबद्धताको आवश्यकता अपरिहार्य बनिरहेको परिवेशमा विद्रोहको आधारभूमि तयार पार्ने माओवादी रवैया अन्ततः आत्मघाती सावित हुने त निश्चितप्रायः नै छ, उसको यो अराजनीतिक कदम समग्रमा देश र जनताप्रति पनि निर्मम घात नै बन्न पुग्नेछ । आखिर एकीकृत नेकपा माओवादी किन देश/जनघाती कठोरतम् कदमप्रति यति धेरै लालायित बनिरहेको छ भन्ने प्रश्नको जवाफ त सम्भवतः स्वयम् माओवादी नेतृत्वसँग पनि छैन । र, उसलाई नागरिक पार्टीमा रूपान्तरण गर्दै पूर्ण लोकतान्त्रिक मार्गमा हिँडाउने प्रयत्नचाहिँ सबैतिरबाट जारी राखिनुपर्छ । लोकतन्त्रवादीहरूले यसमा सुस्तता दर्शाउनु या आवेगप्रेरित व्यवहार गरी माओवादीलाई भड्काउनु घातक हुनेछ ।