आजदेखि नेपाल चेम्बर एक्स्पो, तीनलाख अवलोकनकर्ताको अपेक्षा

आजदेखि नेपाल चेम्बर एक्स्पो, तीनलाख अवलोकनकर्ताको अपेक्षा


आजदेखि नेपाल चेम्बर एक्स्पो २०१७ शुरु हुँदैछ । एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

आगामी १८ गतेसम्म चल्ने एक्स्पो नेपाल चेम्बर अफ कमर्शले आयोजना गर्न लागेको हो । एक्स्पोलाई वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग रहने चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले बताए । उनका अनुसार मेलामा अन्तराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागीता रहनेछ ।

एक्स्पोको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

चेम्वरका अध्यक्ष श्रेष्ठका अनुसार मेलामा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाउने र थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहने छन् । ‘एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहने छ ।’ उनले भने, ‘मेलामा कुल २ सय २५ वटा स्टलहरु रहने छन् ।’

नेपाल चेम्बर एक्स्पो २०१७ का संयोजक राष्ट्र भूषण चाकुबजीले मेलामा कोरियाको २३ र थाइल्याण्डका १५ वटा स्टलहरु रहने बताइएको छ । करिव ३ लाख भन्दा वढी अवलोकनकर्ताले सहभागिता जनाउने यो मेला पाँंच दिनसम्म चल्नेछ ।