छविलाल बगाले
एकाएक भारतले निर्यातमा अंकुश लगाएपछि नेपालमा प्याजको मूल्य अकाशिएको छ । केही दिन अघिसम्म एक्कासी आकाशिएको तरकारीको मूल्य घटेपछि हौसिएका उपभोक्तामा फेरि निराशा पैदा भएको हो ।
एकसाता अघि प्याजको निर्यातमा भारत सरकारले कडाइ गर्न थालेपछि नेपालमा त्यसको प्रभाव परेको छ । भारतबाटै आयात हुँदै आएको प्याजको मूल्यमा एक्कासी मूल्यमा परिवर्तन भएपछि उपभोक्ताहरु फेरी मारमा परेका छन् ।
नेपालमा झण्डै ९५ प्रतिशत प्याज भारतबाटै आयात हुँदैआएको छ । प्याजको उत्पादन घटेर आन्तरिक बजारमा मूल्य आकाशिन थालेपछि आन्तरिक बजारमा आपूर्ति बढाउन र नियन्त्रण गर्न भारत सरकारले निर्यातमा अंकुश लगाएको हो । यसअघि निर्यातमा पनि खुला मूल्य कायम भएकोमा प्याजको प्रतिटन न्यूनतम निर्यात मूल्य ८ सय ५० डलर अर्थात ८७ हजार ५ सय नेपाली रुपैयाँ तय गरिएको छ ।
भारतमा अहिले प्याजको मूल्य दुई वर्षयताकै उच्च विन्दूमा पुगेको छ । भारतले आफ्ना छिमेकी मुलुक भुटान, पाकिस्तान र नेपाल लगायतका अन्य मुलुकसम्म ठूलो परिमाणमा प्याज निर्यात गर्दै आएको छ । यसरी भारतले प्याजको मुल्यमा न्यूनतम निर्यात मूल्य कायम गरेपछि भारतबाट प्याज आयात गर्दा प्रतिकिलो ३० देखि ३२ रुपैयाँसम्मले महंगो परेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रवार मात्रै कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रतिकिलो ८५ रुपैयाँमा खरिद बिक्रि गरेका उपभोक्ता र ब्यवसायीहरुले उपभोक्ताले त्यसको भोलिपल्टै एकसय १५ रुपैयाँ तिर्नुपरेको थियो । त्यसयताका दिनमा पनि प्याजको मूल्यमा क्रमिक रुपमा बृद्धि भइरहेको छ । ब्यवसायीहरुले १२५ देखि १४५ रुपैयाँसम्म प्याज बिक्रि गर्दै आएका छन् । व्यवसायीहरू भने प्याजको भाउ अझै बढ्ने चेतावनी दिदै आएका छन् । व्यवसायीका अनुसार भारतमै अहिले प्रतिकिलो प्याजको मूल्य ५५ रुपैयाँ आइसी पर्दछ ।
प्याजमा नेपाल आत्मनिर्भर नहुनु र ५ प्रतिशत मात्रै उत्पादन हुनु निकै लज्जाको विषय बनेको छ । कृषि प्रधान देशको रुपमा विख्यात नेपाल प्याजमा पनि भारतकै भर पर्नुपर्ने हुनाले नेपालको स्
चिनबबाट ल्याउने तयारी
भारतले प्याजको मुल्यमा झण्डै तीनसय प्रतिशत बढाएपछि नेपालका ब्यवसायीहरुले चिनियाँ प्याज ल्याउने तयारी थालेका छन् । भारतको तुलनामा चिनियाँ प्याजको मूल्य सस्तो भएपनि उपभोक्ताहरुले चिनियाँ प्याज खासै मन नपराउने ब्यवसायीहरु बताउँछन् । उनिहरुको अनुसार महंगो मूल्य तिरेरै भएपनि उपभोक्ताले भारतिय प्याज नै खरिद गर्ने गर्दछन् ।
नेपालमा प्याजमको उत्पादन ज्यादै न्युन
प्याज पनि नेपालमा उत्पादन हुँदैन् भन्दा निकै लज्जा महश्स हुने गर्दछ । प्याजमा पनि सधै भारतकै भरमा रहनुपर्ने नेपालको बाध्यता भनौं या विवशता । नेपालमा उत्पादन भएको प्याजले २ सातापनि नधान्ने स्थिती छ । व्यवासाीहरुको अनुसार कालिमाटी तरकारी तथा फलफूल बजारमा दैनिक एकसय ५० टन बढि प्याज भारतबाट आउने गर्दछ । भने ५ प्रतिशत प्याज चिनबाट आउने गर्दछ ।
राज्यको लगानी बालुवामा पानी
हरेक बर्ष सरकारले अर्बौ बजेट कृषिको क्षेत्रमा विनियोजन गर्दै आइरहेको छ । तर प्याज पनि भारतकै भरमा पर्नुपर्दा राज्यको लगानी, मिहेनत सबै बालुवामा पानीसरह जस्तै भएको छ । हरेक जिल्लाका रहेका कृषि विकास कार्यालयहरुले किसानलाई अनुदान, विउ, मल, ज्यावल, प्राविधिक तालिम दिदै आएको छ तर राज्यको लगानी अनुरुपको सफलता भने नेपाली किसानहरुले गर्न सकेका छैनन् । भारतबाट दैनिक एकसय ५० टन बढि प्याज आयत गर्दा नेपालबाट करोडौं रकमहरु बाहिरिएको छ ।
प्रतिक्रिया