बालाजुबाट १० किलो सुनसहित सिन्धुपाल्चोकका फूलसिंह पक्राउ

बालाजुबाट १० किलो सुनसहित सिन्धुपाल्चोकका फूलसिंह पक्राउ


देशका विभिन्न स्थानहरुमा अबैध सुन निरन्तर रुपमा भेटिँदै आएको छ । सरकारले सुरक्षा ब्यवस्था जति नै कडा बनाए पनि विभिन्न नाका भएर अवैध सुन एकपछि अर्को गर्दै भेटिँदै आएका छन् ।

प्रहरीले शनिबार साँझ रसुवाको केरुङ नाकाबाट भित्राइएको अवैध १० किलो सुनसहित एक व्यक्तिलाई काठमाडौंको बालाजु बाइपासबाट पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकका फूलसिंह तामाङले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर सुन ल्याएको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले जाँच गर्दा उनलाई सुनसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार पछिल्लो समय केरुङ नाकाबाट अवैध रुपमा सुन भित्रिइरहेको छ । यसअघि यसै नाका हुँदै भित्राइएको ८८ किलो अवैध सुन क्षेत्रपाटीबाट बरामद भएको थियो ।

१० किलो सुनसहित तामाङ पक्राउ परेपछि काठमाडौं प्रहरी परिसरले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

विभिन्न नाका हुँदै भित्रिएको अबैध सुनमा कुरा नमिलेपछि प्रहरीकोमा पुग्ने गरेको छ ।