सेना परिचलान गर्न सकिने मन्त्रीको भनाई

सेना परिचलान गर्न सकिने मन्त्रीको भनाई


सुचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखरेलले एकीकृत माओवादीले वैशाख १८ गतेदेखि गर्ने आन्दोलन हिंसात्मक भए नेपाली सेना समेत परिचालन गर्न सकिने बताएका छन्। ‘माओवादीको आन्दोलन असामान्य भएमा नियन्त्रण गर्नका लागि सरकारले कुनै कसर बाँकी राख्दैन,’ मन्त्री पोखरेलले भने।

मंगलबार प्रेस चौतारी नेपाल सुनसरीद्धारा इटहरीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘जनपथ र सशस्त्र प्रहरीले हिंसात्मक आन्दोलन रोक्न नसके सेना परिचालन गरिन्छ। तर, सेना परिचालन गर्ने गम्भीर स्थिती आउँछ जस्तो लाग्दैन्।’ उनले सरकारले सुरक्षा निकायका सवै अंकलाई हाई-अलर्टमा बस्ने निर्देशन दिइसकेको बताए।

‘कानुनको पालना गर्न सरकार जस्तोसकै सामना गर्न पनि तयार छ,’ पोखरेलले भने, ‘माओवादीको आन्दोलन शान्ति र संविधान विपरीत हो।’ आन्दोलनले संकट मात्र निम्त्याउने तर समाधान नहुने भएकाले आन्दोलनबाट थाकेर माओवादी सहमती र सहकार्यबाट अगाडि बढनुको बिकल्प नभएको उनले दावी गरे।

‘माओवादीको आन्दोलन जनताको आन्दोलन होइन, जबरजस्ती लादने आन्दोलन हो,’ उनले भने, ‘एक्लो एजेन्टले समस्या मात्र सृजना गर्छ, समस्या समधान गदैन्।’

माओवादीको व्यवहारले जेठ १४ गतेभित्र संविधान जारी नहुने निश्चित भएकाले त्यसपछि सहमति भए सोही अनुसार मुलुक चल्ने नत्र अहिलेकै अवस्था अनुसार अघि वढने पोखरेलले बताए। माओवादीद्धारा गर्न लागेको आन्दोलन रोक्न वार्ता भइरहेको पनि उनले बताए।

श्रोत: नागरिक न्युज