रविन्द्र र मुस्कान पनि विधिवत एमालेमा

रविन्द्र र मुस्कान पनि विधिवत एमालेमा


आशन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार एवं मुस्कान पार्टीका अध्यक्ष मुस्कान पौडेल नेकपा एमाले) मा प्रवेश गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका राजन भट्टराईलाई समर्थनसहित आफ्नो उम्मेदवारी छोडेर पौडेल एमाले प्रवेश गरेका हुन् । बूढानीलकण्ठ नगरपालिकाको आकासेधारास्थित खेल मैदानमा सोमबार आयोजित चुनावी सभामा उनलाई केपी ओलीले पार्टी प्रवेश गराए ।

सोही अवसरमा केही दिनअघि नै आफू एमालेमा गएको घोषणा गरिसकेका राप्रपाका पूर्व नेता एवं नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रवीन्द्र खड्का र राप्रपाका पूर्व केन्द्रीय सदस्य विष्णु शिवाकोटीलाई पनि अध्यक्ष ओलीले एमालेमा प्रवेश गराए । रविन्द्र खड्काले राप्रपाका तर्फबाट काभ्रेमा दर्ता गराएको उम्मेदवारी एमालेलाई समर्थन गर्दै फिर्ताको घोषणा गरेका थिए ।

नेपाली कांग्रेसका शम्भू डंगोल, कलाकार जय श्रेष्ठ, दिनेश श्रेष्ठ, रोशन श्रेष्ठ, हरि उदासी, कुमार बोगटी, कमला रेग्मी, रश्ना पौडेल, सविना भट्टराई, नमराज श्रेष्ठ, नारायण घिमिरे, श्याम कोजू श्रेष्ठ, वसन्त सुनुवार, बलराम श्रेष्ठ र उद्धव खनाललगायत पनि एमाले प्रवेश गरेका छन् ।