सेक्सी हेनरी

सेक्सी हेनरी


पेरिस । महिलाहरू अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा ‘सेक्सी’ खेलाडी कसलाई मान्दा होलान् ? यो प्रश्नपछि धेरैको आँखामा क्रिस्टियानो रोनाल्डो, फर्नान्डो टोरेज वा राफेल भ्यान डर भार्टको तस्बिर नाच्न सक्ला । तर, फ्रान्सेली महिलाहरू त्यस्तो सोच्दैनन् ।

फ्रान्सको एक डेटिङ वेबसाइट फर्स्टअफेयर डट एफआरले गरेको सर्वेक्षणले आगामी विश्वकपका सर्वाधिक ‘सेक्सी’ फुटबलरमा थियरी हेनरीले बाजी मारेका छन् । सो वेबसाइटले राखेको ‘कुन फुटबलरसँग ओछ्यानमा जान रुचाउँछौँ,’ भन्ने प्रश्नमा झन्डै एक हजार पाँच सय फ्रान्सेली महिलाले जवाफ दिएका थिए ।

सो सर्वेक्षणमा सोधिएका सबै प्रश्नको जवाफका आधारमा सर्वाधिक मत पाएर हेनरी आगामी विश्वकपमा फ्रान्सेली युवतीको पहिलो रोजाइको खेलाडी बने । साथै सर्वेक्षणबाट महिला दर्शकमध्ये ५४ प्रतिशतले फुटबलरको शरीरमा पहिलो ध्यान दिने देखिएको छ । त्यसपछि खेलाडी व्यक्तित्व अनि मुस्कानले महिला दर्शकलाई तान्नेछ ।

फ्रान्सेली महिला फुटबल दर्शकमध्ये २३ प्रतिशत हेनरीको दिवानी बन्नेछन् भने फ्लोरेन्ट मालौडालाई १४ दशमलव आठ प्रतिशतले रुचाएका छन् । यसैगरी राफेल भ्यान डर भार्टले नौ दशमलव तीन प्रतिशत मत पाउँदा निकोलास एन्केलाले ६ दशमलव चार प्रतिशत मत पाए ।

पाँचौं स्थानमा आएका क्रिस्टियानो रोनाल्डोको भागमा पाँच दशमलव दुई प्रतिशत मत पर्‍यो भने नवौँ स्थानमा आएका फर्नान्डो टोरेजको भागमा दुई दशमलव दुई प्रतिशत मात्रै मत पर्‍यो । यस्तै फ्रान्सेली महिलाले आफ्नै मुलुकको टोलीलाई ‘सेक्सियस्ट टिम’ मानेका छन् । त्यसपछि उनीहरूको रायमा पोर्चुगल र ब्राजिल ‘सेक्सियस्ट टिम’ हो ।

श्रोत: नयाँ पत्रिका