बेलायती चुनावमा धाँधली हुने छनक

बेलायती चुनावमा धाँधली हुने छनक


लण्डन । बेलायती चुनाव प्रचार प्रसारको अन्तिम दिनसम्म आई पुग्दा धेरै शंका लाग्दो तथ्यहरु प्रकाशमा आएका छन् । आज हुन गइरहेको बेलायतको चुनावी मैदानमा तीन दलका नेताहरु र उनका समर्थकहरु आ-आफ्नो दललाई जिताउन संघर्षरत भएको बेलामा पर्यवेक्षक र बेलायती मिडियाले यस चुनावमा धा“धली हुने अशंका व्यक्त गरेका छ्न् । प्राप्त समाचार अनुसार १८ महिनाको दूधे बालकको नाममा समेत मत प्रदान गर्ने कार्ड याने कि मतदान कार्ड प्राप्त भएको पुष्टि भएको छ । ब्रेण्टवासी कमल पुनाथन नाम गरेको व्यक्तिको छोरी नदुशाको नाममा सो मतदान कार्ड प्राप्त भएको कुरा प्रकाशमा आएको छ । दर्जनौ यस्ता १८ वर्ष नपुगेका किशोर-किशोरीहरुले समेत भोटर लिस्टमा नामांकन गरेको तथ्यकुरा प्रकाशमा आएको छ । स्मरण रहोस्, एक पटक पोलिँगकार्ड प्राप्त भएपछि त्यस कार्डको आधारमा मतदाताहरुलाई मतदान केन्द्रमा आफ्नो परिचयको लागि प्रमाणपत्र देखाउने आवश्यकता पर्दैन । चिस्वीक भन्ने ठाउँमा १७ वर्षपुगेकाहरुले मतदान कार्ड प्राप्त गरेकाछन् र उनीहरुले मतदान् गरी छाड्ने कुरा व्यक्त गरेकाछन् । -सभार मेट्रो