छुरा प्रहारबाट कांग्रेस कार्यकर्ता गम्भीर घाइते

छुरा प्रहारबाट कांग्रेस कार्यकर्ता गम्भीर घाइते


एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि गुल्मीमा छुरा हानेका छन् ।

सोमबार राती ११ बजेदेखि १२ बजेसम्मको बीचमा मुसिकोट नगरपालिका वडा नं १ आरु चौरमा नेकपा एमालेका कार्यकर्ता हिमाल केसीले नेपाली काँग्रेसको नेता तथा कार्यकर्ताको घरघरमा छिर्दै चुनावी प्रचारको लागि राखेका ब्यानरहरु निकाल्ने, जलाउने तथा च्यात्ने काम गरेको र केसीको नेतृत्वमा गएको एमालेका कार्यकर्ताहरुको टोलीले तरुण दल मुसिकोट नगरपालिका १ का सदस्य सन्तोेष केसी माथि छुरा प्रहार गरेको कांग्रेस गुल्मीले जनाएको छ । छुरा प्रहारबाट केसी गम्भीर घाईते भएका छन् ।

घटनापछि नेपाली काँग्रेस गुल्मीले सो घटना कांग्रेसको पक्षमा देखिएको जनलहरबाट आत्तिएका टोलीले गरेको आरोप लगाएको छ । कांग्रेसले यो कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निरुत्साहित गर्ने हेतुले गराईएको घटना भन्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।