गोहीको आक्रमणबाट युवतीको मृत्यु

गोहीको आक्रमणबाट युवतीको मृत्यु


एकजना अमेरीकी विद्यार्थी, लाउरेन फाईला नाम गरेकी, २५ वर्षीय युवती आफ्नो ब्वायफ्राईन्डसंग छुट्टी मनाउनको लागि भारतको अण्डमन् द्वीपसमूहको भ्रमणमा यही अप्रैल महिनाको अन्तिम सप्ताहमा गएकी थिईन् । लाउरेन्ल अमेरीकाको भैण्डरवीट युनिभर्सिटीबाट स्नातक तहको पढाई पूरा गरेर भरखरै मात्र लण्डनको सोथ्वी आर्ट इन्स्टीट्यूटबाट मास्टरस् डिग्री पास गरेकी थिईन् । दिनांक २८ अप्रैलको दिनमा समुन्द्रको पानी भित्र सास फेर्न मिल्ने एक प्रकारको ट्युब मुखभित्र राखेर डुबुल्की मार्ने जसलाई स्नोर्कलिङ भनिन्छ, त्यसखेलमा तल्लीन् भएको बेलामा हराएकी थिईन् । दुर्इदिन सम्म बेपत्ता भएकी लाउरेनको लाश समुन्द्रतट्मा धेरै खोजतलाश गरेपछि मात्र प्राप्त भएको थियो । भारतीय सम्बन्धित निकायको अधिकारीहरुबाट प्राप्त समाचार अनुसार लाउरेनको मृत्यु गोही (क्रोकोडायल)को आक्रमणबाट भएको हो भनी पुष्टि गरेका छन् । लाउरेनकी ठूली दिदी पनि चार वर्षअघि वाशिंगटनमा ढुंगे पहाड चढ्ने तालीमको क्रममा मृत्यु भएकी थिईन् । -सभार टेलीग्राफ