कैलालीको पाँच नम्बर क्षेत्रमा उम्मेदवार बनेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणाले निर्वाचनपछि कैलालीका काङ्ग्रेस नेता पुष्कर ओझालगायतलाई पार्टीबाट निष्कासन गर्ने बताएकी छिन् । आफूले उम्मेदवारी मनोनयन गर्ने समयमा उपस्थित नभएका ओझा र उनका समर्थकले चुनावमा असहयोग गरेको गुनासो आरजुले पति देउवासँग गरेकी थिइन् । तत्पश्चात् शेरबहादुर देउवाले पुष्कर ओझालाई पटक–पटक टेलिफोन सम्पर्क गर्न खोज्दा ओझाले फोन रिसिभ गरेनन् । यसरी प्रधानमन्त्री पतिको फोनसमेत नउठाएपछि आरजुले आफ्ना निकटस्थहरूसँग चुनावपछि पुष्कर ओझा र उनको निकटका व्यक्तिलाई पार्टीबाट निकाल्ने जानकारी गराएकी छिन् ।
ज्ञातव्य छ, आरजुलाई काङ्ग्रेसको ठूलो हिस्साले सहयोग गरिरहेको छैन, नगदको प्रभावमा परेका केही काङ्ग्रेस र कम्युनिष्ट कार्यकर्तालाई लिएर उनले काम चलाएकी छिन् । केही वर्षअघि आफूलाई महासमिति सदस्य बनाउन नमानेका कारण डडेल्धुरा काङ्ग्रेसका सभापति कर्णबहादुर मल्ललाई पनि आरजुले काङ्ग्रेसको साधारण सदस्यबाट निकालिदिएकी थिइन् । अब नेता पुष्करनाथ ओझा र उनका समर्थकलाई चुनावपछि कस्तो कारबाही हुने हो, प्रतीक्षाको विषय बनेको छ ।
प्रतिक्रिया