दूतावासमा दशैं समारोह

दूतावासमा दशैं समारोह


लण्डन । नेपाली राजदूतावास, लण्डनको आयोजनामा दूतावासकै प्राङ्गणमा १६ अक्टुवर २०१० शनिबारका दिन विजया दशमी – २०६७ उल्लासमय वातावरणमा मनाइयो । बेलायतमा बस्ने सम्पूर्ण ईच्छुक नेपालीलाई आमन्त्रण गरिएको उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत महामहिम डा. सुरेशचन्द्र चालिसे तथा श्रीमती डा. मिलन अधिकारी (चालिसे) र दूतावास परिवारका सदस्यहरुले उपस्थित पाहुनाहरुको स्वागत गरेका थिए ।
विभिन्न पेशा, क्षेत्र र कार्यमा संलग्न सवै उमेर समुहका बेलायतमा बस्ने नेपालीहरु तथा नेपालका शुभ चिन्तक बेलायती मित्रहरुको पनि उक्त अवसरमा उल्लेख्य उपस्थिति रहेको थियो । आमन्त्रितहरु बीच आपसमा दशैंको शुभ कामना आदान प्रदान गर्नुका साथै उक्त अवसरमा दूतावासका तर्फबाट दिवाभोजको आयोजना गरिएको थियो ।
राजदूतावास परिसरमा रहेको मन्दिरमा भक्तजनहरुले दर्शन गर्दै उल्लासमय वातावरणमा नेपाल र नेपाली जनतामा सुख, शान्ति, समृद्धि छाओस् भन्ने शुभ कामना समेत बाँडिएको थियो ।
कार्यक्रम अपरान्ह १२.३० बजे शुरु भई साँझ अबे सम्म चलेको थियो ।-प्रशान्त, दूतावास