एनपीको प्रतिष्पर्धा अपरिचितसँग

एनपीको प्रतिष्पर्धा अपरिचितसँग


नेपाली कांग्रेसका चर्चित युवा नेता नारायणप्रसाद (एनपी) साउदले चुनाव जित्ने स्थानीयवासीले दाबी गरेका छन् । कन्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका साउद संविधानसभाको निर्वाचनमा पनि यहि क्षेत्रवाट विजयी बनेका थिए ।

सिचाइँमन्त्री हुँदा यस क्षेत्रको विकासको लागि उत्कृष्ट कार्य गरेका साउद अहिले स्थानीय जनताको पहिलो रोजाईमा परेको स्थानीयवासी धनबहादुर पालले बताएका छन् । २ नम्बर क्षेत्रमा एनपी साउदले सहजै जित्ने दाबी गरेका पालले यो क्षेत्रमा साउदको प्रतिद्वन्द्वी कमजोर भएको बताए ।

बामगठवन्धनका साझा उम्मेद्वार नरबहादुर धामीले एनपी साउदलाई चुनौती दिएका छन् । धामीले कञ्चनपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिए पनि उनी स्थानीय वासिन्दा होइनन् । धामी केही समयपहिले मात्रै पहाडि जिल्ला बैतडीवाट कञ्चनपुर झरेकाले स्थानीय जनता माफ अपरिचित व्यक्ति हुन् । धामीको यस क्षेत्रको विकासमा योगदान नभएकोले उनीप्रति जन आकर्षण कम रहेको देखिन्छ ।

स्थानीय उम्मेदवार हुनुका साथै स्वच्छ छवीका कारण साउद यो क्षेत्रमा निकै लोकप्रिय छन् । अझ आफ्नो क्षेत्रको मात्र नभै समग्र सुदुरपश्चिमाञ्चलको विकासको लागि उनले निर्वाह गरेको भूमिका आफैमा उदाहरणीय बनेको छ । सुदुरपश्चिममा निर्माण भएका सडक, पुल होस् या तटबन्धमा साउदको विशेष योगदान रहेको छ ।

यस सम्बन्धमा साउदसँग सम्पर्क गर्दा उनले आफ्नो स्थिति निकै बलियो भएको दाबी गर्दै आफुले विजय प्राप्त गर्ने बताएका छन् । साथै साउदले यो क्षेत्रका जनताले आफूलाई सधैं माया गरेको र यो पटक पनि गर्ने विश्वास व्यक्त गरेका छन् ।