क्यान्सर निर्मुल पार्ने दवाइ

क्यान्सर निर्मुल पार्ने दवाइ


लण्डन । बेलायती वैज्ञानिकहरुले निकट भविष्यमा क्यान्सरकोष्ठ निर्मुल पार्ने पिल उपलब्ध हुनेछ भनेर समाचार प्रकाश पारेका छन् । भ्याक्सिनमा कार्यरत् विज्ञहरुको भनाइअनुसार उनीहरुले डीएनएसम्बन्धी महत्वपूर्ण कारक पत्ता लगाउन पहिलोचोटि सफलता प्राप्त गरेका छन् ।
कतिपय क्यान्सरकोष्ठहरु आफै नष्ट भएर जान्छन् र कोशिकाहरुबाट पुनः क्यान्सरकोष्ठहरु निर्माण हुन सक्तैनन् । विज्ञहरुको अनुसन्धानमा ती क्यान्सरकोष्ठहरु पत्ता लगाई क्यान्सरकोष्ठलाई मार्ने दवाइको परिक्षण गरिरहेका छन् । क्यान्सर रोगलाई पूर्णतया निको पार्ने सम्भावित उपचारकालागि हृयूम्यान जेरोम प्रोजेक्टको माध्यमबाट पायनियारिङ व्रिटिशले डीएनए विश्लेषण गरेर पहिल्याउने अनुसन्धानको लागि मदद गरिएको हो । सन् १९९९ सालमा सकिएको प्रोजेक्टमा ३६ लाख पत्रहरुमार्फत मान्छेको बंशानुसम्बन्धी क्रमिक रुपमा चित्रण गरेर पत्ता लगाइएको थियो । यस अनुसन्धान कार्यक्रमको विज्ञहरुलाई क्यान्सरकोष्ठहरुका नष्टभएका डीएनएलाई लक्षित गर्नुमा मद्दत गरेका थिए जुन पद्धतिबाट बीमारीलाई क्यामोथेरापी नदिई उपचार गर्न सकिन्छ । क्यामोथेरापीबाट क्यान्सर नफैलिएका स्वास्थ्यकोष्ठहरु पनि प्रभावित भएर दवाइबाट कोष्ठहरु मर्न सक्छन् । लण्डन ब्रेक थ्रु ब्रेष्ट क्यान्सर रिर्सच सेन्टरका प्रोफेसर अलान असओर्थले, “उपचारको यो पद्धतिबाट क्यान्सर नलागेका स्वास्थ्य सेलहरुलाई नछोई यसबाट केवल क्यान्सरलागेका सेलहरुलाई मार्न सकिन्छ,, सम्भावित बलियो उपचारको पद्धतिलाई उल्था गरेर साइडएफेक्ट एकदमै न्यून रहेको पाइएको छ” भनेर जनाएका छन् । यो क्यान्सर रोग निवारण गर्ने नयाँ पद्धतिसम्बन्धी हिजो बेलुकि बीबीसी २को च्यानलबाट Horizone Miracle Cure? A decade of the Human Gerome को शीर्षक कार्यक्रममार्फत यसबारे सम्प्रेषन गरिएको थियो । श्रोत – मेट्रो, सुमल, मेस