देशको पुरानो र सर्वाधिक जनाधारसम्पन्न मानिने दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पचासभन्दा बढी स्थानमा विजयी बन्ने आशा राखेको छ । पार्टी सूत्रका अनुसार कुल १६५ मध्ये करिब ७० स्थानमा काङ्ग्रेस विजयउन्मुख रहेको विश्लेषण गरिएको छ ।
विजयउन्मुखस्तरको प्रतिस्पर्धामा शेरबहादुर देउवा (डडेलधुरा), माधव खत्री (बाँके), पूर्णबहादुर खड्का (सुर्खेत), आरजु राणा (कैलाली), रामजनम चौधरी (कैलाली), सुशीला चौधरी (दाङ), डा. रामशरण महत (नुवाकोट), विश्वप्रकाश शर्मा (झापा), दीपक कुइँकेल (काठमाडौं), राजेन्द्र केसी (काठमाडौं), गगन थापा (काठमाडौं), भीमसेनदास प्रधान (काठमाडौं), विजय गच्छदार (सुनसरी), नवीन्द्रराजन जोशी (काठमाडौं), मदन अमात्य (ललितपुर), चन्द्र महर्जन (ललितपुर), प्रकाशमान सिंह (काठमाडौं), महेश आचार्य (मोरङ), दिनेश यादव (सप्तरी), तेजुलाल चौधरी (सप्तरी) डा. अमरेशकुमार सिंह (सर्लाही), रामकृष्ण यादव (धनुषा) र रामचन्द्र पौडेल (तनहुँ) भएको विश्वास काङ्ग्रेसले गरेको छ ।
उल्लिखितबाहेक दिलमान पाख्रिन (धादिङ), तीर्थ लामा (काभ्रे), शिवराज जोशी (दैलेख), चन्द्र भण्डारी (गुल्मी), राजु थापा (स्याङ्जा), हस्तबहादुर मल्ल (मुगु), डा. नारायण खड्का (उदयपुर), नारायण कार्की (उदयपुर), अमृत अर्याल (मोरङ), प्रदीप गिरी (सिरहा), शम्भुलाल श्रेष्ठ (सर्लाही), डा. शशांक कोइराला (परासी), डा. गोविन्द पोखरेल (प्युठान), मोहन बस्नेत (सिन्धुपाल्चोक), आफताव आलम (रौतहट), देवप्रसाद तिमिल्सिना (रौतहट), रामचन्द्र यादव (बारा), फर्मुल्लाह मन्सुर (बारा), अजय चौरसिया (पर्सा), रमेश रिजाल (पर्सा), सुरेन्द्र चौधरी (पर्सा), चम्पा खड्का (बाग्लुुङ), नीरज पुन (बाग्लुङ), देवेन्द्रराज कँडेल (परासी), कृष्ण यादव (रौतहट), राजेन्द्रबहादुर शाह (सल्यान), चीनकाजी श्रेष्ठ (गोरखा), शुक्रराज शर्मा (कास्की), उमेशजंग रायमाझी (भोजपुर), डा. प्रकाशशरण महत (काठमाडौं), यज्ञबहादुर थापा (कास्की), दमननाथ ढुंगाना (भक्तपुर), डा. शेखर कोइराला (मोरङ), शंकर भण्डारी (तनहुँ), एनपी साउद (कञ्चनपुर), रमेश लेखक (कञ्चनपुर), विमलेन्द्र निधि (धनुषा) र वीरबहादुर बलायर (डोटी)लाई पनि काङ्ग्रेसले सम्भावित विजयीका रूपमा लिएको बुझिएको छ ।
प्रतिक्रिया