झुलेको बुढ्यौली आँखा मिलाउन ३० पाउण्ड

झुलेको बुढ्यौली आँखा मिलाउन ३० पाउण्ड


लण्डन । आँखाको माथिल्लो भाग झुलेर बूढो देख्नेलाई उपचारको सामांग्री बजारमा आएको समाचार प्रकाशमा आएको छ । एकैछिनमा बुढ्यौलीको छाप निमिट्यान्न पार्नको लागि एउटा पातलो आँखामा चिप्किने टेप यतिबेला नवीन्ातम भरपर्दो उपचारको सामांग्री भएको छ । आइ सेक्रेट कम्पनीको यो उत्पादन बजारमा बिक्रिको लागि उपलब्घ छ । आँखाको कुनामा ठ्याक्कै फिट गरी टाँस्सिने खालको टेप आँखाको ढक्कनमाथि ट्याप्प टाँस्सिएपछि झुल्लिएर सुनिएको जस्तो देख्ने आँखा दोब्रिएर जान्छ जसबाट सात वर्ष तन्नेरी देखिन्छ भनेर एकजना कस्मेटिक सर्जनले दावा गरेका छन् ।
कम्पनीका प्रवक्ता, म्याकअप कर्मी, लिसा भेलेन्सियाले, “यो टेप प्रयोग गरे लगत्तै लखतरान् भई थाकेका मोडेलहरु आठ घन्टा सुतेर एकदमै ताजा भएको जस्तो देखिन्छ” र उनले अघि थपिन्, “आइ सेक्रेटको यो उत्पादन प्रसिद्ध मोडेल तथा सेलेब्रेटीहरु जस्तै डेमी मूर, जेनिफर अनिस्टन आदिले प्रयोग गरेका छन” । कम्पनीले जनाएअनुसार अहिले बेलायतीहरुबाट यो सामांग्रीको लागि १५००० अग्रिम माग गरिसकेका छन् । यसको मूल्य एक महिनाको लागि जम्मा ३० पाउण्ड लाग्छ । श्रोत – मेट्रो, सुमल, मेस ।