डेभिड क्यामरुन बने प्रधानमन्त्री

डेभिड क्यामरुन बने प्रधानमन्त्री


लण्डन । कन्जर्भेटिभ पार्टी नेता डेभिड क्यामरुन, नम्वर १० डाउनिङ स्ट्रिटमा यूकेको प्रधानमन्त्रीको रुपमा प्रवेश गरेका छन् । गोर्डन ब्राउनको राजीनामापछि सरकार गठन गर्नका लागि रानीबाट सो पार्टीलाई आहृवान गरिएलगत्तै बकिङ्घाम प्यालेस गएका कन्जर्भेटिभ लिडर क्यामरुनले त्यहाँ उपस्थित पत्रकारहरुलाई पूर्व प्रधानमन्त्री ब्राउनलाई सम्पूर्ण देशवासीको तर्फबाट उनको लामो र सशक्त देश सेवाको लागि सम्मानजनक शब्द व्यक्त गरेका थिए ।
लिबरल डेमोक्रेटिक पार्टीसँगको साझेदारीमा क्यामरुनले सरकार गठन गर्ने भएका छन् । कन्जर्भेटिभ पार्टीले गत चुनावमा अत्यधिक मत ल्याए पनि पूर्ण वहुमत ल्याउन सकेको थिएन र सत्तामा भएको लेबर पार्टी दोस्रो स्थानमा आएको थियो । -मेरो सम्वाददाता

Video Source: Sky News