६ वर्षीया छोरी, रातभरि वासिङ मेशीनभित्र

६ वर्षीया छोरी, रातभरि वासिङ मेशीनभित्र


लण्डन । जापानको क्योटो शहर अन्तर्गत पर्ने मियाजु भन्ने ठाउँका एक जोडीले गत जुलाइ महिनामा उनीहरुका आफ्नै ६ वर्षीया छोरीलाई अनुशासित बनाउने भनेर रातभरि वासिङ मेशिनभित्र थुनेर राखिएको र धेरैपल्ट प्रताडित गरी यातना गरिएकाले उनीहरुलाई जुलाइ महिनामा गिरफ्तार गरिएको समाचार अस्ति मंगलवारको दिनमा सम्पेषण गरेको छ । २४ वर्षीया मारीको हयासी र पति २६ वर्षीया केइजु फुजीको जोडीले गत ११ जुलाइको दिनमा छोरीको दुबै हात पट्टीले बाँधेर रातभरि छोरीलाई वासिङ मेशिनभित्र थुनेर राखेको स्वीकार गरेका छन् । प्रहरीको भनाइअनुसार ती दम्पतीले छोरीको आचरण राम्रो बनाउनको लागि सधैं २० वटा नियमहरु कण्ठष्थ गर्न कर लगाउँथे । त्यसमध्ये एउटा शब्द “इतादाकी मासु” अर्थात् खाना खानुअघि सम्झेर सुस्तरी खानु भन्ने शब्द थियो । छोरीले ती समस्त शब्दहरु कण्ठ भन्न नसक्दा ११ जुलाइको दिनमा हात बाँधेर, मुखमा बुजो हालेर वासिङ मेशिनभित्र हालेर दम्पतीले थुनिदिएका थिए । दुबैले छोरीलाई पिटेको पनि स्वीकार गरेका छन् । फुजीले प्रहरीलाई बयान दिने क्रममा, “छोरीले खाना एकदमै छिटो-छिटो खाएकीले गर्दा मैले पिटेको थिएँ” भनेका छन् । हायासीले, “बच्चालाई पिटाइ गरेर अनुशासित बनाउनु भनेको एकदमै साधारण कुरा हो” भनेकी छिन् । श्रोत – जापान टूडे, सुमल, मेस ।