दक्षिण अफ्रिकाका यौनकर्मी आन्दोलनमा

दक्षिण अफ्रिकाका यौनकर्मी आन्दोलनमा


अहिले नजिकिँदै गएको विश्वकप फुटबलसँगै दक्षिण अफ्रिकाको सेक्स बजार पनि तातेको छ । दक्षिण अफ्रिकामा पहिलोपटक आयोजना हुन गइरहेको विश्वकप फुटबलको तयारी आयोजक दक्षिण अफ्रिकाले कुशलतापूर्वक गरे पनि यौनकर्मी अर्थात् सेक्र्सगर्लहरूको व्यवस्था भने राम्रोसँग गर्न सकिरहेको छैन । विश्वभरिका लाखौं फुटबलप्रेमीहरू आगामी महिना विश्व हेर्न दक्षिण अफ्रिका आउने र मनोरञ्जन गर्ने भएकाले अहिले सेक्स बजारलाई व्यवस्थित गर्नुपर्ने चुनौती आयोजकलाई थपिएको छ ।
लाखौं यौनकर्मीको वास्तविकता र व्यवसायलाई ध्यानमा राखेर आयोजक दक्षिण अफ्रिकाले थुप्रै सहरहरूमा वैज्ञानिक तरिकाले सेक्स बजारको निर्माण गरेको छ । उक्त सेक्स बजारमा दक्षिण अफ्रिकाका लाखौं यौनकर्मीले मन खोलेर आफ्नो व्यवसाय चलाउन पाउने व्यवस्था गरिएको थियो । यसैबीच आयोजकले विश्वकप हेर्न आउने पाहुनाहरूको चाहना फरक-फरक हुने वास्तविकतालाई आत्मसात् गर्दै अन्य यौनकर्मी भित्र्याउने निर्णय गरेको थियो । जसअनुसार आयोजकले लाइसेन्सको प्रतीक्षामा बसेका अन्य मुलुकका यौनकर्मीहरूलाई केही समय पहिले लाइसेन्स प्रदान गरेर दक्षिण अफ्रिकामा विश्वकपभरि यौन व्यवसाय गर्ने ढोका खुला गरिदिएको थियो ।
विभिन्न स्वास्थ्य परीक्षण पार गरेका अमेरिका, इंग्ल्यान्ड, अस्ट्रेलिया, रोमानिया, फ्रान्स, ल्याटिन अमेरिका र एसियाका यौनकर्मीहरूलाई लाइसेन्स दिएर स्वदेश भित्र्याउने निर्णय गरेको दक्षिण अफ्रिकाले अहिले आफ्नै मुलुकका लाखौं यौनकर्मीको खप्पी खानुपरेको छ । ती यौनकर्मीहरू विदेशी हस्तक्षेपको विरोध र आयोजकको आलोचना गर्दै सडकमा उत्रिएका छन् । उनीहरूले यो विश्वकपमा आफूहरू अर्थात् स्वदेशी यौनकर्मीले मात्र यौन व्यापार गर्न पाउनुपर्ने माग राखेका छन् । बाहिरबाट आयात गरिएका यौनकर्मीका कारण आफ्नो कमाइमा ठूलो असर पर्ने ती यौनकर्मीले दाबी गरेका छन् । उनीहरूले यस्तो अवसर शताब्दीमा एकपटक आउने र त्यसको सम्पूर्ण उपभोग स्वदेशीहरूले मात्र गर्न पाउनुपर्ने धारणा राखेका छन् । यो विश्वकपमा यौन व्यवसायबाट मात्रै आयोजक दक्षिण अफ्रिकाले कुल विश्वकपको खर्चको पचास प्रतिशत आम्दानी गर्ने सूत्रको दाबी छ ।
त्यसैले होला यौन व्यवसायलाई सुरक्षित र वैज्ञानिक बनाउन दक्षिण अफ्रिकाले एक लाख यौनकर्मीलाई विशेष रूपमा प्रशिक्षण दिएर राखेको छ । सम्पूर्ण यौनकर्मीको विशेष रूपमा स्वास्थ्यको जाँच गर्नुको साथै सम्बन्ध स्थापित गर्ने व्यक्तिको स्वास्थ्यमा पनि कुनै प्रतिकूल असर नपरोस् भन्ने कुरामा समेत निकै सावधानी अपनाएको छ । एड्सजस्तो प्राणघातक रोगको बिगबिगी रहेको दक्षिण अफ्रिकामा पाहुनालाई सङ्क्रमण रोगबाट बचाउन र सुरक्षित राख्नका लागि विभिन्न प्रचार गरिरहेको छ । आयोजकले यसका लागि एयरपोर्टदेखि नै आगन्तुक पाहुनालाई लाखौंलाख कन्डम बाँड्ने योजना बनाएको छ ।
एक महिनासम्म आयोजना हुने विश्वकपका लागि जसरी दक्षिण अफ्रिकाका विभिन्न सहरका रंगशाला सिंगारिएका छन् त्यसैगरी यौन बजारलाई पनि सिंगारिएको छ । यौन बजारका स्वदेशी र विदेशी सुन्दरीहरू अहिले ग्राहकको सेवाका लागि प्रतीक्षारत छन् । र्स्वर्गका अप्सराझैं लाग्ने ती यौनकर्मी सुन्दरीहरूले सुशोभित सेक्स बजारको आकर्षण अहिले निकै बढेको छ । विभिन्न सहरमा निर्मित यस्ता यौनशालाहरूको अवलोकन गर्न अहिले थुप्रै पर्यटक त्यहाँ पुग्ने आयोजकले बताएको छ । विश्वकपको शुभारम्भसँगै सेक्स बजार पनि निकै तात्ने भएकोले आयोजक दक्षिण अफ्रिकाले पाहुनाहरूलाई यो सेवा लिन कसरी आकरि्षत गर्छ त्यो प्रतीक्षा गर्नु नै वेश होला ।-साभार – घटना र विचार