हङकङेली म्याग्दीवासीहरुका दशै र तिहार

हङकङेली म्याग्दीवासीहरुका दशै र तिहार


हङकङ । अक्टोबर २४, मंकी हिल, म्याग्दी प्रवासी नेपाली संघ ९मोना० हङकङले दशै र तिहारको उपलक्ष्यमा देउसी भैलो, बीबीक्यू र साँस्कृतिक कार्यक्रमको साथ ‘शुभकामना आदनप्रदान तथा भेटघाट’ कार्यक्रम भव्यरुपमा सम्पन्न ग-यो।
ई हर्कमान मगरको प्रमुख आतिथ्यमामा सम्पन्न छोटो ‌औपचारिक कार्यक्रमलाई अध्यक्ष दल सेर्बुजाले अध्यक्षता, सहसचिव रुपा चोचाङ्गीले संचालन र महिला विभागका उपप्रमुख शीला जुग्जालीले स्वागत भाषण गरेका थिए भने अतिथिहरुमा मोना अन्तर्राष्ट्रिय कार्यसमितिका सदस्य तुल्मराज रामजाली, नेपाली आदिवासी जनजाति महासंघ हङकङ, पुन मगर समाज हङकङ, फियोना हङकङ, लम्जुङ सेवा समिति हङकङ र नेपाली निर्माण कामदार यूनियन हङकङका अध्यक्षहरु तथा हङकङ नेपाली डटका कार्यकारी व्यवस्थापक नेत्र पहराई थिए।
उक्त अवसरमा दशै र दीपावलीको अवसरमा अध्यक्ष दल सेर्बुजालगायत सबै अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए। त्यसपछि साँस्कृतिक कार्यक्रम शुरु भएको थियो। विशेष गरी म्याग्दीको चिनारी थाल नाचको साथ एकल तथा युगल नाँचहरु आकर्षक रुपमा प्रस्तुत गरिएको थियो।
साँझ पख महिला विभागले देउसी भैलो खेलेका थिए। त्यस अवसरमा हङकङ डलर १७ हजार २८ दान रकम उठेको थियो। महिलाहरुको टोली देउसी भन्दै चुलाचुलामा गएको देख्दा गाउँघरमा देउसी भैलो खेलेको झलक देखिन्थ्यो। त्यसपछि रात्रि अबेर सम्म डीजेमा म्याग्दीबासीहरु झुमिरहेका थिए।
हरेक वर्ष मोना हङकङले यसप्रकारको कार्यक्रम उक्त स्थानमा गर्दै आइरहेको छ। ताइफून र वर्षाले हुने शंकामा सशंकित सफा मौसमको कारण म्याग्दीबासी र लम्जुङबासीहरुको अत्याधिक उपस्थित थियो।-ईन्द्र हंगकंग