हंगकंग नेपाली महासंघमा प्रदीप थापा निर्वाचित

हंगकंग नेपाली महासंघमा प्रदीप थापा निर्वाचित


Foto:Mulbato हंगकंग । गत मे ९, २०१० का दिन विभिन्न दुर्इ दर्जनभन्दा बढी सामाजिक संस्थाहरुको छाता संगठनको रुपमा स्थापित हंगकंग नेपाली महासंघको सातौं महाधिवेशन धरान हंगकंग मन्चका अध्यक्ष प्रदीप थापालाई अध्यक्ष पदमा निर्वाचित गरेर सम्पन्न भएकोछ । जोर्डनस्थित याउमातेइ कम्युनिटि हलमा सम्पन्न भएको उक्त महाधिवेशनमा अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित हुने पदाधिकारीहरुमा उपाध्यक्षः तामांग धैदुंगका बिष्णु पाख्रीन, महासचिवः तमु ट्यो हृयुलका रीता गुरुंग, सचिवः किरात याक्थुम चुम्लुमका नन्द चम्सु र कोषाध्यक्षः धरान बडिविल्डर एसोसियसनका लोकराज लिम्बू रहेका छन् ।
अध्यक्षको प्रत्यासीको रुपमा ३ जना उमेद्धारहरु रहेका थिए । अन्य दुर्इ जनामा स्याङजा जनसेवा समाजका अध्यक्ष भक्त गुरुंग र मगर संघ हंगकंगका अध्यक्ष मिन बहादुर थापा रहेका थिए । २५ वटा संस्थाहरुको सहभागिता रहेको अधिवेशनमा ६८ मत खसेको थियो । जसमा बिजयी प्रदीप थापाले ३० मत निकटतम प्रतिद्धन्दी भक्त गुरुंगले २५ मत र मिन बहादुर थापाले १३ मत प्राप्त गरेका थिए ।-मेरो सम्वाददाता हंगकंग