४८ घन्टामा सहमति नभए जनता उतार्छौं : व्यवसायी

४८ घन्टामा सहमति नभए जनता उतार्छौं : व्यवसायी


नेपाल उद्योग बाणिज्य महासंघले ४८ घण्टाभित्र तीन राजनीतिक दल बीच सहमति नभएमा दबाबमूलक कार्यक्रम ल्याउने घोषणा गरेको छ। महासंघको आज बसेको आकस्मिक भेलाले तोकिएको समयमा सहमति नभएमा जनता उतार्ने घोषणा गरेको हो।

छलफल पछिको निर्णय सार्वजनिक गदै महासंघका अध्यक्ष कुश कुमार जोशीले शनिबारसम्म सहमति नभएमा दबाबमूलक कार्यक्रम गर्ने जानकारी दिए। ‘हाम्रो अपेक्षा तीन दल शनिबारसम्म सहमतिमा आउनुपर्छ भन्ने हो, यो समयभित्र नआए देशव्यापी शान्ति र्‍याली गरेर सबै जनता उर्ताछौ’ उनले भने।

‘दबाबमूलक कार्यक्रमबाट समेत राजनीतिक दलहरु सहमतिमा नआएमा हामी राजनीतिक दललाई चन्दा र सरकारलाई कर तिर्दैनौ,’ जोशीले भने, ‘यो अवस्थासम्म आउने परिस्थिती निर्माण हुदैन भन्ने हो।’

उनले महासंघले गरेको शान्ति भेलाले दुईदिन भित्र मिल्नुपर्ने जनादेश रहेको उल्लेख गदै आमहड्ताल फिर्ता पछि पनि राजनीतिक दल नमिलेकोमा दुःख व्यक्त गरे।

राष्ट्रिय सहमतिको सरकार नबनेमा मुलुकमा ठूलो आधिबेरी आउने उल्लेख गदै जोशीले भने, ‘माओवादी अहिले चुप लागेर बस्यो भन्ने होइन। उसले जेठ १० गतेपछि जनविद्रोह गर्ने घोषणा गरिसकेको छ। त्यसैले सहमतिबाट अघि बढ्नेका विकल्प छैन।’

उनले जनता र राष्ट्र बचाउनको लागि दबाबमूलक कार्यक्रम ल्याएको स्पस्ट पारे।

राजनीतिक दलप्रति आक्रमक देखिएका महासंघका अध्यक्ष कुश कुमार जोशीले सविधानसभा बनाउन चुनेर गएका सभासद्ले तोकिएको समयमा सविधान बनाए जनताले कालोसूचीमा राख्ने कि नराख्ने भन्दै प्रश्न गरे।

‘तोकिएको समयमा ऋण लिएकाले चुक्ता गर्न नसक्नेलाई कालोसूचीमा राखिन्छ,’ उनले भने, ‘संविधान बनाउन पठाएकाले संविधान बनाउन नसक्नेलाई कालोसूचीमा राख्नुपर्छ कि पर्दैन।’

जोशीले जनताले संविधान बनाउन पठाएका सभासद्ले भत्तामात्र खाएर बसेको आरोप समेत लगाए।
‘जनताले संविधान बनाउन भनेर पठाएका सभासद्ले दुई वर्षमा के गरेर बसे? खाली भत्ता खाएर संविधान किन बनाएनन?’ उनले भने।

महासंघका अध्यक्ष कुश कुमार जोशीले उद्योगी व्यवसायीलाई माओवादी र सरकारले गाली गरेर दुःखी बनाएको बताएका छन्।

श्रोत: नगरिक न्यूज