हिलारीको रोलेक्स घडी निलाममा

हिलारीको रोलेक्स घडी निलाममा


लण्डन । सन् १९५३मा सर एडमण्ड हिलारी र शेर्पा तेन्जिङ नोर्गेले पहिलोचोटि सगरमाथा शिखर टेक्न सफल भएका थिए । विश्वभरि यस खबरले त्यतिबेला धेरै ब्यापकता पाएको थियो । यतिबेला सर एडमण्ड हिलारीले लगाएका एउटा रोलेक्स घडी निलाम बिक्री भइरहेको खबर एउटा समाचार माध्यबाट प्रकाश पारेको छ । रोलेक्स कम्पनीका आइस्टर पर्पेचुअल लिमिटेड एडिसनको घडी उनलाई रोलेक्स रिटेलर बसेक्सले उपहारस्वरुप कलकत्तामा प्रदान गरेका थिए । घडी हेर्दा सामन्य खराब भएको जस्तो देखिए तापनि आरोहीका परिवारद्वारा उक्त घडी निलाम बिक्रीमा राख्ने कुरा पहिलोचोटि द डेली टेलिग्राफले समाचार सम्प्रेषण गरेको छ । घडीको मूल्य १२००० पाउण्ड तोकिएको छ । सर एडमण्ड हिलारीले यो घडी सन् १९५५ देखि १९५८ सम्म अन्टार्टिका र दक्षिणी ध्रुवको अन्वेषनको दौरान लगाएका थिए । सन १९१२मा स्कटले अन्वेषन गरेपछि पहिलोचोटि स्थलमार्गबाट सर एडमण्ड हिलारीका दल अन्टार्टिका र दक्षिणी ध्रुवसम्म पुगेका थिए । वास्तवमा त्यो घडी रोलेक्स एक्स्प्लोरर घडीहरुको उठानको घडीहरुमा पर्दथ्यो र विख्यात आरोही, सर एडमण्ड हिलारीको प्रसिद्धिको कारण कम्पनीको लागि यो घडी प्रेरक बनेको थियो । पछि कम्पनीको प्रबर्धन र विज्ञापनका लागि हिलारी मुख्य अनुहार बनेका थिए । सर एडमण्ड हिलारी सन् २००८मा स्वर्गवास भएका थिए । विख्यात पर्वतारोहीले प्रयोग गरेका आइस्टर पर्पेचुअल घडीमध्येका यही एउटा घडी निलाम बिक्री हुँदैछ । अर्को घडीहरुमा रोलेक्स एक्स्प्लोरर वान घडी सन् १९७२ सालमा सर एडमण्ड हिलारीले चो यु हिमालको बीसौ पल्टको असफल प्रयासको बेलामा उनले लगाएका थिए । त्यसैगरी उनका अर्को घडी एक्स्प्लोरर् टू अर्थात स्टिभ म्याकक्विन सन् १९७३ सालमा उनले सगरमाथा आरोहण गरेका वीसौ वर्षगाँठको अवसरमा ल्याएका थिए । यही घडीको मूल्य १२००० पाउण्ड तोकिएको छ । सर एडमण्ड हिलारी सगरमाथा आरोहण गर्ने बेलामा ३३ वर्षका थिए । श्रोत-हिन्दूस्तान टाइम्स, सुमल, मेस ।