दश वर्षकी केटीले बच्चा जन्माईन्

दश वर्षकी केटीले बच्चा जन्माईन्


लण्डन । विश्वमा सानो उमेरमा आमा बन्ने सूचीमा भर्खरै एकजना १० वर्षकी केटीले बच्चा जन्माएर नाम दर्ता गरेकीछिन् । दक्षिणी स्पेनको एउटा अस्पतालमा २ दशमलव ९ केजी वजन भएको स्वास्थ्य बच्चा जन्माएकी आमा र बच्चा दुबै स्वास्थ्य छन् । आमाले साधारण प्राकृतिक प्रक्रियामा बच्चा जन्माएकी थिईन् र अस्पतालले घर जाने अनुमति दिइसकेको छ । अधिकारीहरुले अहिले जन्मेको बच्चालाई देखभाल र संरक्षण गर्नको लागि आमा र परिवारलाई दिने कि नदिने भन्ने विषयमा छलफल गरिरहेका छन् । बच्चा गतहप्ता जेरेज डीला फ्रोन्टेरा नगरको एउटा अस्पतालमा जन्मेको थियो । अन्दालुसिया क्षेत्रका सामाजिक क्षेत्र हेर्ने एकजना मन्त्री, मिसाइलर नभोराले, “यदि आमा र बच्चालाई एकदमै सही ढंगमा संरक्षण गर्न सक्छ भने उनीहरु प्ाारिवारिक माहौलमा बस्न सक्छन् र हामी अहिले त्यसै विषयलाई छानविन गरिरहेका छौ” भनेर समाचारदाताहरुलाई उद्धृत गरेका छन् । केटी र बच्चाको नाम अहिलेसम्म खुलाएको छैन । तर, उनी रोमानिया मूलकी हुन् र स्पेन आउनु अघि नै गर्भवती रहेकी समाचार श्रोतले जनाएको छ ।
बच्चाकी हजुरआमाले अस्पतालका स्टाफहरुलाई सानै उमेरमा बच्चा जन्माउनु भनेको तिनीहरुका मुलुकमा साधरण विषय हो भनेर जनाएकिछिन् । जन्मेको बच्चाको बाबा पनि वयस्क नरहेको भनेर बच्चाको बज्यैले अस्पताल कर्मचारीहरुलाई भनेकिछिन् । अस्पताल श्रोतबाट थाह लागे अनुसार बच्चाकी आमा आफ्नो मुलुकमा केटासाथी संगै बस्दै आएकी थिईन् । बेलायतमा हालसम्म सबैभन्दा कम उमेरमा सन् १९७२मा बच्चा जन्माएकी एकजना आमा ११ वर्ष१० महिनाकी केटी थिईन् । तिनको नाम खुलाएको छैन र बच्चाको बाबा तिनै केटीकी सौतेनी दाइ थिए । विश्वमा सबैभन्दा कम उमेरमा बच्चा जन्माउने आमा पेरुको लिमा शहरकी एकजना लिना मेदिना नाम गरेकी पाँचवषर्ीय केटी थिईन् जसले सन् १९३९मा एकजना स्वास्थ्य बच्चा जन्माएर विश्वलाई चकित बनाएकी थिईन् । तिनका बाबाआमाले बच्चाको पेटमा ट्युमर होला भनेर ठानेका थिए, र पछि अस्पतालमा जचाउन लग्दा सात महिनाको गर्भ रहेको ठहर भएको थियो । बच्चाको बाबालाई अवैध यौन गरेको अशंकामा थुनेको थियो, तर, केहि प्रमाण नभएकोले जेलमुक्त भएको थियो । अन्तसम्म बच्चाको बाबाबारे केही थाह लागेको थिएन । श्रोत-मेट्रो, नेट, सुमल, मेस