अपराधीको पैसा-यूरो नोट ५०० बेलायतमा रोक्का

अपराधीको पैसा-यूरो नोट ५०० बेलायतमा रोक्का


लण्डन । प्राप्त समाचार अनुसार यूरो नोट ५०० बेलायतले अब चल्तीमा ल्याउन नदिने अर्थात् रोक्का गरेको कुरा प्रकाशमा आएको छ । संसार भरिको अपराधिक समूहमा यूरो नोट ५०० को लोकप्रियता र माग अत्याधिक बढेकोले यस नोटलाई ती समूहले अर्को नाम “बिन लादेन” दिएका छन् । किनभने यो नोटको खेलो गर्नेहरु तश्कर, लागूपदार्थका व्यापारीहरु, उग्रवादीहरु र अन्य खतरनाक अपराधिक समूह र अवैध पैसाको कारोबार गर्नेहरुले जताततै पुर्‍याएको हुन्छ तर यसलाई थोरैले मात्र देख्दछन् त्यसैले यसलाई बिन लादेन भनिएको रहेछ । यस नोटलाई चल्तीमा बन्द गरिएपछि बेलायतमा अपराधिक गतिविधिको अभिवृद्धिमा कमी आउनेछ भन्ने ठहर गरेका छन् ।
बेलायतको द सिरियस अर्गनाइज्ड क्राइम एजेन्सी (सोका) खतरनाक संगठित अपराधिक एजेन्सीले जनाएअनुसार प्रति यूरो ५०० को नोट, जसको मूल्य स्टर्लिङ पाउण्ड ४२६ बराबर हुन्छ,, यसको प्रयोग वैध तरिकाले नभएको बताइएका छन् । सोकाले पत्ता लगाएको तथ्यलाई हेर्दा १० वटा ५०० को नोटमध्ये ९वटा चाँहि अवैध रुपमा प्रयोग गरेको पाइएको हुनाले यूकेका व्यापारीहरुले यस नोटलाई विक्री वितरण नगर्ने कुरामा सहमति जनाएका छन् । यदि यो ५००को नोटलाई पूर्णतया संचालनमा रोक्का गरे युरोपियन सेन्ट्रल बैंकलाई असर पर्ने सम्भावना प्रवल देखिन्छ ।
बेलायतका अपराधिक तत्वहरुले बेलायतमा यूरो नोट ५०० रोक्का गरेपछि यो नोटको खेलो गर्नलाई अरु युरोपियन राष्ट्रहरुलाई स्रोत बनाउने छन् अथवा यूरो नोट २०० तर्फ अकृष्ट हुने छन् भनेर अड्कल काटेका छन् । यो नोटलाई बन्द गर्नुअघि लण्डनको एकजना अवैध धन्दा गर्ने व्यापारीले एकै वर्षमा चार मिलियन स्टर्लिङ पाउण्ड बराबरको यूरो नोट ५०० को आयात गरेको तथ्य सोकाले पत्ता लगाएको थियो ।
यो रकम लण्डनको कुनै पनि बैंकले ५०० यूरो नोटको वर्ष भरिमा कारोबार गर्ने रकमभन्दा बढी थियो । यसै तथ्यालाई पुष्टि गर्दै सोकाका उपनिर्देशक इयान क्रक्सस्टनले यूरो नोट ५०० खतरनाक संगठित अपराधीहरुले प्रयोग गर्ने कुरा प्रकाश पारेका छन् ।
-स्रोत अनलाइन, -सुमलःमे.स.