लडाकु समयोजनका लागि चार महिना अपुग

लडाकु समयोजनका लागि चार महिना अपुग


काठमाण्डौ । राष्ट्रसंघीय नेपाल मिसन अनमिनले माओवादी लडाकूको समायोजन तथा पुर्नस्थापना प्रक्रियाका लागि चार महिना समय अपुग हुने ठहर गरेको छ । एकीकृत नेकपा माओबादी अध्यक्ष प्रचण्डसँग शुक्रबार विहानको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै अनमिन प्रमुख करिन ल्यानग्रिनले लडाकू समायोजन तथा पुर्नस्थापना गर्ने समय यत्ति नै लाग्न सक्छ भनेर यकिन गर्न नसकिने बताएकिछिन् । ल्यानग्रिनले हालसालै थप गरिएको अनमिनका म्यादभित्र पनि लडाकु समायोजन तथा पुर्नस्थापन कार्य नसकिने बताईन् । बुधबार राति बसेको सुरक्षा परिषदको बैठकले नेपाल सरकारको आग्रह बमोजिम अनमिनको म्याथ ४ महिना थप गर्ने निर्णय गरेकेा थियो ।
राष्ट्रसंघ सुरक्षा परिषद्ले छैठौं पटक अनमिनको म्याद ४ महिना थप गरेको भोलिपल्ट प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष प्रचण्डसंगको भेटपछि शुक्रबार ल्यानग्रिनको यस्तो भनाई सार्वजनिक गरेकी हुन्। अध्यक्ष प्रचण्ड निवास नयाँ बजारमा भएको भेटपछि ल्यानग्रिनले भन्नुभयो ‘चार महिना निकै छोटो समयवाधी हो, समायोजन तथा पुर्नस्थापना छिटो सक्ने कुरा त यहाँका राजनीतिक दलहरुवीचको राजनीतिक सहमतीमा निर्भर गर्दछ ।’
क्यान्टोनमेनमा २० हजार लडाकू भएको भन्दै ल्यानग्रिनले कति जनालाई समयोजन गर्ने र कतिलाई पुर्नस्थापना गर्ने भन्ने बिषयमा पनि सहमति आवश्यक रहेको उनको भनाई थियो । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले निर्धारित समयमा संविधान लेखन हुन नसक्ने अवस्था आएकोप्रति चिन्ता व्यक्त गरेको छ । सुरक्षा परिषद्को बैठकमा भाग लिएर विहीबार नेपाल फर्केकी अनमिन प्रमुख करिन ल्यानग्रेनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर दलहरुबीच बढ्दै गएको दुरीले संविधान निर्माण र शान्तिप्रकृयामा परेको असरप्रति सुरक्षा परिषद् चिन्तित भएको बताइृन् । ल्यानग्रिनले संविधानसभाको म्याद थप्नु परेकोमा चिन्ता व्यक्त गर्दै दलहरुबीच नयाँ सहमतिको आधार खोज्न आग्रह गरेकिछिन्।-स्रोत अनलाइन