श्रीजनशीलन नेपाली समाज यूकेको दशैंतिहार

श्रीजनशीलन नेपाली समाज यूकेको दशैंतिहार


अल्डरसट, यूके । गत तीस तारिख अक्टोबर, अल्डरसटस्थित कोनाट लैजर सेन्टरमा सिर्जनशील नेपाली समाज यूकेको एक भेटघाट कार्यक्रम सम्पन्न भयो । राजदूत डा. चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न रहेको सो कार्यक्रममा एनआरएन अध्यक्ष सूर्य गुरुंगलगायत अन्य जातीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति अतिथिको रुपमा रहेको थियो । अतिथिहरु नेपाली महान चाडका बारेमा आआफ्ना मन्तव्यहरु राखेका थिए ।
राष्ट्रिय गीतबाट शुरु गरिएको कार्यक्रममा विभिन्न नेपाली, हिन्दी आदि गीतहरुमा नाचगान गरिएको थियो । सो प्रकारको साँस्कृतिका कार्यक्रमको निर्माण तथा सञ्चालन गर्नेहरुमा राजकुमार, अमेर, सागर सुनारसहित सन्तोष बिक रहेकाथिए । रातको अबेरसम्म चलेको सो कार्यक्रममा अतिथिहरु पनि अबेरसम्म रहेर कार्यक्रमको साँस्कृतिक पक्षको मनोरंजन लिएका थिए । -चन्द्र सुनार, मेस, बाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।